फेरि काठमाडौको सडकमा डोजर चल्ने

चैत्र ३ काठमाडौ,सरकारले काठमाडौं महानगरपालिकालाई सडक विस्तारका लागि एकैपटक ७४ करोड रुपैयाँ दिएको छ । अर्थ मन्त्रालयले ७४ करोड दिएपछि महानगरपालिकाले ४० वटा सडकलाई मापदण्डअनुसार विस्तार गर्न तयारी थालेको छ । काठमाडौं महानगरपालिकाका अनुसार अहिले सडक क्षेत्र मिचेर ठड्याइएका सबै भौतिक संरचना हटाउन आग्रह गरिनेछ, अटेर गरेमा डोजर लगाएर हटाइनेछ ।

महानगरपालिकाले ६० वटा सडकलाई विस्तारको सर्टलिष्टमा राखिएको मध्ये ४० वटा सडक विस्तारको काम भने यसै वर्ष सुरु गरिने बताईएको छ । महानगरपालिकाले ८ मिटरसम्मका सडक मिचेर बनाइएका संरचना हटाएर विस्तारको काम गर्ने गरेको छ । त्योभन्दा चौडा सडक विस्तारको काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्दै आएको छ ।अब विस्तार हुने सडकमा अतिक्रमण गरी बनाइएका गैरकानुनी भौतिक संरचना हटाउने काम सुरु हुनेछ ।

लैनचौरस्थित खानी विभागको मुख्य सडकदेखि नारायणहिटी दरबारको उत्तर क्षेत्र हुँदै नागपोखरीसम्मको साढे २ किलोमिटर सडकखण्डलाई २२ मिटर चौडा बनाउने तयारी रहेको छ । त्यस्तै चाबहिल चोकदेखि जोरपाटी हुँदै साँखुसम्मको १२ किलोमिटर सडक , जोरपाटीदेखि सुन्दरीजलसम्मको ५ किलोमिटर सडकखण्ड पनि विस्तार हुँदैछ ।
सीतापाइलादेखि रामकोट र भीमढुङ्गासम्मको ५ किलोमिटर सडक २२ मिटर चौडा बनाउन लागिएको छ भने, पेप्सीकोलादेखि खहरेसम्मको ३ किमी सडकखण्ड पनि विस्तार हुँदैछ ।

अन्य बिस्तार हुने सडकको सूची यस्तो छ

sadak

Leave a Reply

Your email address will not be published. Required fields are marked *