फेरि मन्त्री परिषद विस्तार, कमल थापा उप-प्रधानमन्त्री

काठमाडौ २७ असोज- प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । नियुक्त भएको कसैको पनि अहिले मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *