बंगलादेश सरकारले दैनिक ६ घन्टा फेसबुक बन्द गर्ने

काठमान्डू २३ चैत्र,बंगलादेश सरकारले दैनिक ६ घन्टा फेसबुक बन्द गर्ने भएको छ । युवा तथा विद्यार्थीहरूको हितको लागि भन्दै बंगलादेश सरकारले यस्तो निर्णय गरेको हो।

सरकारको यस्तो नियमले व्यावसायिक क्षेत्रमा असर पार्ने टेलिकमका सचिव श्याम सुन्दर सिग्दरको तर्क छ भने सोसल मिडियाको क्षेत्रमा प्रतिबन्ध लगाउन नहुने धारणा कतिपयको रहेको छ । भाइबर, ह्वाटस्याप जस्ता अन्य सामाजिक सञ्जालहरू पनि अस्तित्वमा रहेको कारणले फेसबुक मात्र बन्द गर्दा फेसबुकको भार अन्य सामाजिक सञ्जालहरूमा पर्न सक्ने कतिपयको तर्क रहेको छ ।

बंगलादेशको सरकारले सामाजिक सञ्जालको बन्द गर्न खोजेको यो दोस्रो पटक हो । यसअधि सन् २०१२ मा २ सय ६० दिनसम्म यूट्युव बन्द गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *