बरियता विवादका कारण उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी राजिनामा दिने मनस्थितिमा

काठमाडौ २३ चैत्र,बरियता विवादका कारण उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी राजिनामा दिने मनस्थितिमा पुगेका छन । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको भूमिकाका कारण विरक्तीएका निधिले आफू अपमानित हुने ठहर गर्दै आफूलाई दोस्रो वरियतामा नराखे केही दिनभित्रै राजिनामा दिने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ ।

उनी निकटहरुका अनुसार आफूलाई बरिष्ठ उपप्रधानमन्त्रीको बरियतामा राख्ने प्रतिबद्धता ब्यक्त गरेपनि राप्रपा अध्यक्ष एवम उपप्रधान तथा संघीय मामिला मन्त्री कमल थापालाई आन्तरिक रुपमा दोस्रो बरियताको उपप्रधानमन्त्री बनाउने गरी नेतृत्वले आन्तरिक सहमति गरिसकेको चाल पाएपनि गृहमन्त्री निधि आफूलाई अपमानित गरेको निकर्ष सहित राजिनामा गर्ने अवस्थामा पुगेका हुन ।

राप्रपा अध्यक्ष कमल थापालाई दोश्रो बरियतामा कायम राख्ने प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवाबीचको आन्तरिक सहमती बुझेपछी यसबीचमा उनले देउवाको खुलेरै आलोचना समेत गर्ने गरेका छन् । सभापति देउवाले पार्टीको उपसभापतिमा खुबहादुर खड्कालाई मनोनित गर्ने र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलासंग हिमचिम बढाएको सुचना पाएपछी सरकारबाट बाहिरिएर देउवालाई प्रधानमन्त्री हुन नदिने बाटो रोज्न थालेका हुन ।

निधीले स्थानीय तहको निर्वाचन अघि नै संविधान संसोधन गरेर मधेसी मोर्चालाई समेत साथ लिएर निर्वाचनमा जानु पर्ने लाईन अगाडि बढाईरहेकोमा पार्टी र नेतृत्वलेसमेत पहिला निर्वाचन अनि संसोधनको कुरालाई आधिकारिकता दिएपछि उनी झनै रुष्ट बनेका छन ।

यथास्थितिमा प्रदेश नम्बर २ मा निर्वाचन गर्न कठिन हुने र संसोधन विना निर्वाचनमा जाँदा कुनै दुर्घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी आफूमा आउने, त्यसले मधेसको राजनीतिमा आफूलाई घाटा हुने निष्कर्ससहित संविधान संसोधन हुन नसक्ने स्थिति बनेपछि भविष्यको अपगालबाट बच्न समेत राजिनामा दिनु नै उपयूक्त हुने निस्कर्षमा उनी पुगेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *