बर्षातको कारण यातायातका सबै साधन बन्द,जनजिवन अस्तब्यस्त

चिसाङ्ग शेर्पा-असोज २ हलेसी एफएम, खोटाङ्ग
लगातारको बषार्तका कारण खोटाङ्गमा जनजिवन अस्तब्यस्त बन्दै गएको छ । असोजको पहिलो हप्ता लाग्दा पनि दैनिकरुपमा पानी परिरहेकाले पैदल यात्रु, हवाई उडान,यात्रुबहाक सवारीसाधन चलन नसक्दा पैदल यात्रुलाई सास्तीमाथी सास्ती भएको हो । सडकमा वर्षाका कारण ठाउँठाउँमा पहिरो,ढिस्को खसेका छन्, छिट्फुट्रुमा चलिरहेको ट्रक,ट्याक्टर जस्ता मालबाहक सवारी साधन २ दिनदेखी पुर्णरुपमा बन्द छ ।khotang diktel
अत्याधिक हुस्सु लाग्ने,पानीले हवाईजहाज अबतरण गर्न समस्या भएपछि सबै हवाई उडान पनि बन्द भएको छ ।

नेपाल एयरलाईन्सको  दिक्तेल –काठमाडौ, बिराटनगर–दिक्तेल उडान ठप्प भएको छ । आईतबार,मंगलवार,शुक्रवार,शनिवार काठमाडौ र सोमवार,शुक्रवार बिराटनगरको उडानसेवा अनिश्चित बन्दै गएको मनमाया खानीडाडाँ बिमानस्थलका ईस्टेशन ईन्चार्ज यादबसेन राईले जानकारी दिनुभयो । ईस्टेशन ईन्चार्ज राईले भन्नुभयो “मौसमलाई कुर्दै फ्लाईट गर्नुपर्ने,यात्रीहरु एयरपोर्टमै बस्न बाध्य छन् । लगातारको झरीले बिरामी तथा आपतमा रहेकाहरुलाई प्रत्यक्ष असर गरेको छ ।”  आईतवारका लागी बुकिङ्ग गरिएको यात्रीलाई गोमा एयरलाईन्सबाट काठमाडौ लैजाने तयारी गरिएको छ । नेपाल एयरलाईन्सको एकवटा ट्वीनेटर बिमान ह्याङगरमा  रहेकाले कतीपय समयमा सेड्युल अनुसार उडान गर्न नसकिएको राईको भनाई छ । अर्को दिक्तेल – काठमाडौ उडान भरीरहेको गोमा एयरलाईन्सले भने शनिवार मंगलवार उडान तालिका भएपनि मौसमलाई चुनौती दिदै छिटफुटमा उडान गरीरहेको गोमाका खोटाङ्ग प्रतिनिधी तिलक श्रेष्ठले बताए ।
अत्याधिक बर्षातले खोटाङको दिक्तेल हलेसी सडक खण्ड अवरुद्ध छ । साउन १६ गतेदेखी भदौ १० गते सम्म चलेका यात्रुवाहक सवारी साधनहरु भदौ १० गते यता ठप्प भएको जिल्ला ट्राफ्रिक कार्यालय खोटाङका ट्राफ्रिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले बताए । अत्याधिक वर्षाका कारण जयराम-हलेसी,हलेसी-मुढे र मुढे दिक्तेल गरी तीन खण्डमा बिभाजित जयराम(दिक्तेल सडक खण्डमा हाल कुनैपनि यात्रुबाहक सवारी साधन चल्न सकेका छैनन् । अत्याधिक वर्षाका कारण यातायातका साधन चल्न नसकेपछि जनजिवन प्रवाभित बनेको छ । गत एक हप्ताबढि यता लगातारको अत्याधिक वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेका कारण यातायातका कुनैपनि सवारी साधन चल्न नसक्दा शहर जाने र आउने सडक अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । गत बर्ष बैशाख १२ को महाभुकम्पले चर्काएको जमिनहरु थिलथिलो हुंदै बग्न थालेको स्थानियहरुले बताएका छन् । दशैको चटारोलाई मध्यनजर राख्दै जिल्ला भित्र्याउन लागिएको खाध्य तथा कपडाहरु बाटोमै थन्किएको छ । मौसमले साथ नदिएपनी दशै तथा तिहारमा महङगी नबढ्ने खोटाङ्ग उधोग बाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए । मौसमका कारण जिल्लामा दैनिक उपभोग्य बस्तु नआएपनि जिल्लाबासीलाई पुग्ने सामग्री स्टक रहेको अध्यक्ष लयालुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *