बस दुर्घटनामा ११ जनाको ज्यान गयो

सुर्खेत १ असार- दैलेखको राकम भेल्तडीमा भएको बस दुर्घटनामा ११ जनाको ज्यान गएको छ । आठवीस नगरपालिका–४ खिड्कीजिउलाको नैनेलस्थानमा बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको हो ।

कालिकोटबाट महेन्द्रगरको लागि छुटेको ना ४ ख २९९८ बस बुधबार दुर्घटना भएको थियो । बसको अगाडीको टायर चिप्लियर नियन्त्रण गुमाएपछि दुर्घटना भएको चालक प्रेम सुनारले बताएका छन् । हाम फालेर चालक सुनार र सहचालक प्रेमबहादुर सिंह दुर्घटनापछि राकम प्रहरी चौकीमा पुगेका थिए ।

दुर्घटनामा घाइतेमध्ये दुईजनालाई हेलिकप्टर र अरु ९ जनालाई एम्बुलेन्सबाट सुर्खेत र नेपालगञ्ज लगिएको छ । अन्य सातजना घाइतेको राकममै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरु

१. युवराज शाही – राजकोट नगरपालिका–६, कालिकोट
२. सुनिल शाही – शान्नित्रिवेणी गाउँपालिका, कालिकोट
३. धर्मराज शाही – रासकोट नगरपालिका–५, कालिकोट
४. प्रकाश शाही – रासकोट नगरपालिका–५, कालिकोट
५. सिंहा नेपाली – विनायक नगरपालिका, अछाम
६. कविता शाही – रासकोट नगरपालिका–५, कालिकोट
७. मेनका फर्साल – रासकोट नगरपालिका–६, कालिकोट
८. होइजाली सुनार – शान्नित्रिवेणी–६, कोलिकोट
९. रुपा नेपाली – विनायक नगरपालिका, अछाम
१०. धिरेन्द्र विसी – भैरवस्थान, अछाम
११. मंगल कसेरा – बाजुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *