बस र कार एकआपसमा ठोकिदा कार चालक खोटाङ्गको दीपक मगर सहित चार जनाको मृत्यु

मंसिर १६ बारा, अमलेखगंज ६ आधामारा जंगलस्थित हेटौडा पथलैया सडक खण्डमा ना.६ ख ६७१४ नम्बरको बस र बा.१२ च ८२९० नम्बरको कार शनिबार एक आपसमा ठक्कर खाँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक खोटाङ मंगलटार ४ बस्ने २३ बर्षीय दिपक थापामगरको घटनास्थलमै तथा खोटाङ मगंलटार ४ बस्ने २८ बर्षीय महेन्द्र आले मगर, सुनसरी रामधुनी ८ बस्ने २५ बर्षीया कुमारी थापामगर र उनको ११ महिनाको छोरा जेनिस थापामगरको चुरेहिल अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *