कतारी नागरिक,बहुमुल्य चरा सहित पक्राउ

मंसिर १२ काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एअरलाइन्सको उडानद्वारा प्रस्थान हुन लागेका राहदानी नम्बर ०१०९५१८५ बाहक कतारी नागरिक फैसल महमदलाई विमानस्थलमा खटिएका प्रहरीले पक्राउ गरेको छ ।

उनको साथमा, विशेष प्रकारको चिल सुटकेश भित्र लुकाई छिपाई लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो । महमदको साथमा उनको सहयोगी, भारत घर भई काठमाडौं महानगरपालिका ३१ बागबजार बस्ने ३० वर्षीय महमद सुलेमानलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुलाई,सुटकेशमा लुकाई छिपाई लैजान लागेको अवस्थामा हुचिल जस्तो देखिने एक प्रकारको मुल्यवान ६ वटा चराहरु सहित पक्राउ गरिएको हो । अरबमा यस्तो चरा महँगो दाममा बिक्री हुनेगरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *