बाऊ माइती जहाँ छन् उही माईती (यात्रा संस्मरण )

janu kambang linden

जानु काम्बांग लिङ्ग्देन

म ओर्लिए ..एउटा अर्कै देशमा, जहाजबाट ओर्लिएकाहरुका पछि पछि लाग्दै मान्छे नै मान्छेको जंगलमा एउटा कतैबाट उखालेर त्यहाँ सारिएको बिल्कुलै नौलो उतिसको रुख झैँ आज्ञाकारी भएर उभिए म पनि | म जस्तै कतैबाट मन पराएर ल्याईएको नौलो बेमौसमी बिरुवा झैँ लाग्ने फरक फरक देशका मान्छे थुप्रै थिए तर पनि म संग मिल्दैन्थे | म आफैलाई बिस्वकै अग्लो सगरमाथाको सन्तान ठान्दै मनमा बुद्द उभ्याएर कोहि नचिने पनि मुसुमुसु हासिरहें | आमा बुवा संग भेट्ने हर्षको सप्तकोशी उर्लेर आखाको डिल डिल पुगेको थियो |

भाई बुहारीसँग आमा बुवा पनि एरपोर्ट बाहिर वेटिंग रुममा मलाई कुरेर बस्नु भएको थियो ! मलाई भेट्ने
हतारो थियो ,मनले परेवाको आन्द्रा झैँ बटारिएको घुमाउरो लाईन अघि नाघेर बाहिर पुगिसकेको थियो
सरिर मात्र कहिले नघट्ने लाईनमा उफ्फ्फ़…|

मेरो अघि पछिका मान्छे बोल्दा, तलाई काट्छु, खान्छु मार्छु, टुक्रै टुक्रा पारेर प्रेसर कुकरमा सिटि लाएर
उसिन्छु अनि पिउछु ,आफुलाई अघाउछु अनि ढ्याउ गरेर डकार्छु भने झैँ लाग्थ्यो | कुरो नबुझ्दा र थाकेको बेला सिधै हिड्दा १२ पाईला जतिको दुरीमा घुमाउरो पाराले घुमाईएको लाईन, मलाई धरान र भेडेटार जति कै टाढा लाग्यो | हुन पनि तेस्तै घुमाउरो थियो |

अनौठो भाषाहरुको देशमा केहि दिन बस्नु मैले जानेको थोरै A B C D को सहायता लिन सक्दिन रे भाई तेसो भन्छ | यहाँ ब्रिटिसको भाषा मन पराईन्दैन रे ….निकै पुरानो दुश्मनी रहेकोले यहाँ बस्न नेदर लेन्ड भाषा पढ्नै पर्ने बाध्यता हुन्छ भन्थ्यो भाईले | ऊ आफै पनि ढिकी जातो पिसे जस्तो, थोत्रे टिन ठट्टाए जस्तो जताततै च्यातिएको आवाज निकालेर बोल्छ म उसको मुखमा हेरेको हेर्यै गर्छु |

युकेबाट आईपुगेर आमा बाबासँग निकै रामाईलो गरि साझ बिताईयो | एक बर्ष पछि बुहारीको हातको स्वादिस्ट खानाले पेट पूजा गरियो | मासु माछा तथा अन्य मिष्ठान भोजन सब तयार थियो | साथमा ठुलो भादाई सुशी रेस्टुरेन्ट्मा काम गर्ने भएकोले जापानिज खाना पनि आईपुगेको थियो मेरो स्वागतमा |
26 डिसेम्बरमा हामी घुम्न होल्याण्ड पुग्यौ भाइको कारमा बाबा अगाडी मम्मी, म र बुहारी पछाडिको लामो सिटमा बस्यौ |
रमाइलो लाग्यो मैले पछि बसेर भाईलाई देब युगको ध्रुब जस्तै देख्दै थिए ….ऊ सानो भएर पनि आमा बुवा र मलाई सारा यूरोप घुमाउदै थियो | पोरको साल हामी दिदी भेना र भान्जालाई जर्मन लगायत फ्रान्स घुमाएको थियो | सानोमा यति चकचके कोहि थिएन ,तर ठुलो हुँदा अचानक देउताको रुप धारण गरे झैँ लाग्दै थियो मलाई | झन् बाटो भुलेर बेला बेला राउन्ने बोर्ड घुम्दा लाग्थ्यो आमा बाबालाई बोकेर सुमेर पर्बत नै घुम्दैछ | सायद ! आमा बुवालाई पनि तेस्तै लागेको हुनु पर्छ …नत्र लेप्चुंग र फ़ेम्बुको काद्लातिर घास काटी हिड्ने मेरी आमा अनि सप्चुन्ग्वाको मास्टर ठुली सँग धान नाची हिड्ने मेरो बाबा यहाँ पुग्ने थियो होला र ?

हामी होलेंड पुगेर सेक्स म्युजियम पस्यौ, युरो १७ जिउको तिरेर ..तर झुर थियो जहाँ हेरे पनि बिचित्रको चित्रहरु …कतै कतै त यस्तो नग्न तस्बिरहरु भित्ताभरी टागिएको थियो कि नेपाली नजर झुकेको झुकेकै हुन्थ्यो | बाबाको हात समातेर भाई बेपत्ता,म र बुहारी आमाको पाखुरा समातेर नग्न तस्बिर ओरिपरि घुमिरह्यौ | मान्छेको अंग पनि यति आकर्षक हुँदोरैछ बल्ल थाहा भो | नहुने भए त्यै नग्न तस्बिरमा मान्छे किन झुतिन्थे ? चुसेर फालेको गुलियो आपको कोयामा झिंगा झुत्तिए जस्तै ?
संसार भर घुमेर फोटो खिच्दै हिड्ने गोरा जातिहरुले कहाँ कहाँ बाट भेला परे होलान् दि. ..यो मुर्ति अनि फोटो हरु ? भित्ता नियाल्दै सोधेकी थीइन बुहारीले ? मलाई जवाफ दिनु गार्हो लगेर नसुने झैँ गरे | हुन त
हामीले बुझ्न नखोजेका र नभ्याएका कति चिजहरु पनि थिए त्यहाँ, ति तस्बिर तथा त्यहा सजाईएका साना साना चिज हरुको उत्पति मूल्य र मान्यताको बारेमा बर्णन गरिएको थियो | कुनै ठाउमा विज्ञानका कुरो थिए भने कतै के बाट रोगहरु उत्पन्न हुन्छन् भन्ने पनि उल्लेख गरिएको थियो |

तर, हाम्रो नेपाली मनमा पहिल्यै देखि रही आएको संस्कार जहाँ पुगेपनि खुर्काएर फाल्न नसकिँदो रैछ | मन कम्ति लजाएँको होइन जन्म दिने आमा बाबाको सामु | कम्ति रिस उठेको होइन छाडा गोराहरुको म्युजियममा ! कुनै कुनै तस्बिरहरु आमा बाबाले जबर्जस्ति बिहे गर कि गर भन्दा नमानेर घोप्तिएर रुए झैँ लाग्थ्यो | नेपाली बाबु आमाको छेउमा म, भाई र बुहारीलाई, दुइ घण्टाको समय कष्ट्कर रह्यो |

बाहिर निस्केपछि भने निकै आनन्द लाग्यो, म्युजियमको अगाडी ठुलो ठुलो आम्स ड्रम लेखिएको अंग्रेजी अक्षरहरुलाई ठाडो ठाडो उभ्याएको थियो !जुन चाही त्यो देशको राजधानीको नाम थियो | अरु भन्दा चांडो हामी बाबु छोरी फोटो खिच्न अंग्रेजी अक्क्षर S र D छेउमा गएर उभ्याउ, मेरी आमै कत्रो कत्रो अक्षर हौ ? म त चढ्न पनि नसक्ने रहेछु बाबाले भन्नु भो, म झस्किएँ किनकी म आफ्नै देश नेपालको काठमान्डू पुगेर यसैगरी राजधानी काठमान्डूको नाम एत्रै एत्रै अक्षरमा बनाएर कुन ठुलो चौरीमा उभ्याउन्दा ठिक होला भनि सोच्दै रहेछु | उफ्फ्फ़…तेतिकैमा भाईले छातीमा भिरिरहेको क्यामेरा झिकेर हास्दै दुई, दुई पोज हान्यो | फोटोपछी हामीले
त्यहाका नाम प्रख्यात ठाउ र चिजहरुको नाम उल्लेख गरिएका केहि चिजहरु किन्यौं | अनि हरियो ठुलो चौरीमा रेखा र अमिताभ बच्चनको चर्चित फ्लिम सिलसिलाको देखा एक ख्वाब तो ” बोलको गित सुटिंग गरिएको ठाउ फुलै फूलको हरियो ठुलो चौरी घुम्यौं | तर फूल फूल्ने समय नभएकोले, फूल चाही फूलेको थिएन | एकछिन् रेखाको पोजमा नाचे झैँ गरि नाच्दै फोटो मात्र खिच्यौ | सारै रमाईलो थियो ठाउ र देश सफा बाताबरण तर एउटा कुरो चाही नेपाल जस्तै लाग्यो टोइलेट जाँदा चाही पैसा तिर्नु पर्ने …तर नेपाल भन्दा अलि छुट नै थियो | अस्ति भर्खर नेपालमा पिसाब फेर्दा ५ रुपैया र दिसा गर्दा १० रुपैया तिरेको बिर्सेको रहिन छु तर यहाँ चाही जे गरेपनि ५० पी मात्र तिर्नु पर्ने रहेछ |

ताप्लेजुंग हाल यूके

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES