बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको गाडीमा बम विस्फोट

बारा ४ मङ्सिर- नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको गाडीमा बम विस्फोट भएको छ । चुनावी प्रचार प्रसारको लागि प्रयोग गरिएको बा १४ च ६३३० नम्बरको गाडीमा बम बिष्फोट भएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित गाडी चालक राधाकृष्ण ठकुरीको घरमा रोकिरहेको अवस्थामा सोमबार बिहान ५.३० बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटको आवाज ठूलो आएको स्थानीयले बताएका छन् । बम गाडीको तल राखिएको र विस्फोटबाट गाडीको तल्लो भागमा बढी क्षति भएको छ । विस्फोटपछि प्रहरीले चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । विस्फोटलगतै सिमरा, पथलैया, जीतपुरलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *