बालश्रम बिरुद्ध एम्नेष्टीको अभियान

काठमाडौ २७ जेठ- संविधान ऐन, नियम र अन्तरराष्टिय महासन्धिहरुले बालबालिकाकोे अधिकारका लागि महत्पुर्ण व्यवस्था गरेको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राखी एम्नेष्टी नेपालले बालश्रम बिरुद्ध राष्टिय अभियान संचालन गर्ने भएको छ ।

सोही अभियानका सन्दर्भमा एम्नेष्टी नेपालको मिडिया ग्रुप र जय मल्टिपल क्याम्पसको संयुक्त आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ ।

मिडिया ग्रुपका अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका युवा नेता एवं सभासद रामेश्वर फुयालले वालअधिकारको लागि नेपालको संविधानले बिशेष व्यवस्था गरेको बताए । वालश्रम बिरुद्ध संचालन गरिएको अभियानलाई सार्थक बनाउन सबै पक्षको प्रभाबकारी भूमिका आवस्यक भएको कुरामा जोड दिए ।कार्यक्रममा एम्नेष्टी मिडिया ग्रुपको सल्लाहकार जय मल्टिपल क्याम्पसका संस्थापक प्रिन्सिपल भवानी प्रसाद पौडेल र वेलनेश अस्पतालका अध्यक्ष सिर्जना शर्मालाई सम्मान गरिएको थियो ।amnesty 16

कार्यक्रममा वरिष्ठ पत्रकार टंक पन्तले एम्नेष्टी मानबअधिकारको क्षेत्रमा स्थापित अन्तराष्ट्रिय संस्था भएको र एम्नेष्टीले उठाउने बिषयलाई कुनै पनि मुलुकले गभीरताका साथ लिने गरेको स्पष्ट पार्दै बालबालिकाका लागि गरिने लगानी भनेको राज्यको भबिष्यका लागि गरिने लगानी हो भने ।

पन्तले भने “संविधान ऐन कानुन र अन्तराष्ट्रिय महासन्धिहरुको प्रभाबकारी कार्यान्वयन गर्नका लागि सम्बद्ध सरोकारवाला संस्था लगायत सबै पक्षको भूमिकाको खाचो रहेको छ । अहिले अतिजोखिममा रहेको वालवालिकाको संख्या डर लाग्दो रहेको भन्दै राज्यका जिम्मेबार मन्त्री , सभासद , मन्त्रालयका सचिबहरु सहित अन्य राज्यका जिम्मेवार व्याक्तिको घरमा बालबालिका घरेलु कामदारको रुपमा रहेको स्पष्ट पारे ।

एम्नेष्टी नेपालका पुर्ब अध्यक्ष सुर्य अधिकारीले एम्नेष्टी इण्टरनेशनलको बारेमा जानकारी गराउदै नेपालमा एम्नेष्टीले मानब अधिकारको सम्बर्द्धन र संरक्षणका लागि खेलेको भुमिका एवं संस्थाको नीति बारेमा जानकारी गराएका थिए ।
जय मल्टिपल क्याम्पसका संस्थापक प्रिन्सिपल भवानी पौडेल , वेलनेश अस्पतालका अध्यक्ष सिर्जना शर्माले वालवालिकाको महत्व र उनीहरुलाई घर देखि बाहिर सम्म गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गीता खनाल , देबी घिमिरे, अश्मिता चौलागाइ लगायतले मानबअधिकार , बालअधिकार एवं आगामी दिनमा गर्नुपर्ने दायित्वबारे आ-आपनो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES