बुबाको मुख हेर्ने दिनमा हरि लम्सालको संगीत र स्वरमा “बा” गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौ ४ भदौ- नेपाली सांगीतिक फाटमा आफुलाई छुट्टै पहिचान बनाउदै आएकी कलाकार निरा शर्मा द्वारा रचित “बा” शिर्षकको कवितालाई संगीतकार हरि लम्सालले संगीत भरेर “बा” सम्बन्धिको एउटा मार्मिक गीत बनाएका छन् ।

संगीतकार हरि लम्सालको आफ्नै स्वरमा रहेको यो गीतमा उनलाई चर्चित कार्यकम प्रस्तोता सबिना कार्किले बाचनमा साथ दिएकी छिन् भने हरि लम्साल स्वयम् आफ्नै एरेन्ज पनि रहेको छ यो गीतमा ।

उक्त गीत “बा” लाई हरेक नेपालीले आफ्नो बा को मुख हेर्ने दिनको अवसर परेर सार्वजानिक गरिएको छ । यस्तै गरि अत्यन्तै फरक ढंग बाट प्रस्तुत गरिएको अनि पृथक प्रस्तुती रहेको यस गीतमा “बा” को पिडालाई ससक्त रुपमा प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियो पनि बनेको छ भिडियोमा सुरज आचार्यको ससक्त अभिनय रहेको छ । यस्तै स्मृति श्रेष्ठ रावतको मेकअप, हरि न्यौपानेको छायांकन, अनि सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

यस्तै यो गीतको रेकर्डिङ्गको बेला संगीतकार हरि लम्साल आफ्ना स्वर्गीय बुवा लाइ सम्झदै भक्कनिएका थिए भने उता सबिना कार्कीले पनि पनि बचन गर्दा गर्दै आफ्नो बुवालाई सम्झेर रोएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *