बेनुका राईको “जोगिया” बोलको गीत सार्वजानिक ( भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ- गायिका बेनुका राईको “जोगिया” बोलको गीत सार्वजानिक भएको छ । सांगीतिक क्षेत्रमा बेनुका राईको, समयको केहि अन्तराल पछाडि “जोगिया” बोलको गीत सार्वजानिक भएको हो ।

गायिका बेनुका राईको “आउन ठूले फर्की आऊ” जस्ता अन्य गीतहरु कर्णप्रिय बनेका छन् । हालको नेपाली राष्ट्रिय गान “सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली” बोलको गीतमा अन्य कलाकारहरुको साथमा गायिका बेनुका राईको पनि स्वर रहेको छ । बेनुका राईको ‘पर्खाइ’ र ‘सा.. द फस्ट नोट’ गरी दुई एल्बम बजारमा आईसकेका छन् ।

स्रोताहरुको मनलाई सजिलै खिच्न सक्ने स्वर हुदाहुदै पनि विविध कारणले सांगीतिक दुनियाँमा पातलो उपस्थिति जनाउदै आएकी गायिका बेनुकाको यो गीत सार्वजानिक भए संगै सांगीतिक क्षेत्रमा पुनरागमन हुने देखिएको छ ।

सार्वजानिक गीतमा शशि सुनाम (राम) को शब्द रचनालाई सचिन शिंहले संगीत गरेका छन् ।

यो गीतको म्युजिक भिडियो भने, मण्डला थिएटरमा प्रदर्शन गरिएको नाटक “झ्यालिञ्चा” कै सेरोफेरोमा रहेर तयार पारिएको छ । कोरियो ग्राफर र डान्सर नम्रता केसी रहेको उक्त म्युजिक भिडियोमा विजय वराल र रन्जना ओलीले अभिनय गरेका छन् ।

कुमार नगरकोटिको पनि अभिनय रहेको उक्त म्युजिक भिडियोलाई किरण चाम्लिङ्ग राईले सम्पादन, सिजन दाहालले सह निर्देशन र सोमनाथ खनालले निर्देशन गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *