बेलायतको रनवे मोडल अनिता लिम्बु हाल नेपालमै व्यस्त

जानू काम्बाङ्ग लिङ्ग्देन-बेलायत, बेलायतको अक्सफोर्ड फेसन अफ द विक २०१६ को रनवे मोडल अनिता लिम्बु हाल नेपालमै व्यस्तरहेकी छिन्, उनि भर्खरै “मन त नेपाली” बोलको एउटा म्युजिक भिडियोमा देखा परेकी छिन् । म्युजिक भिडियो संग संगै, उनि राजधानीमा आयोजित विभिन्न फेसन सोहरुमा पनि व्यस्त रहेकी छिन् ।

ब्रिटेनका टप डिजाइनर हेलेन उलम्स र करेन काउन्टरका साथ काम गरिसकेकी अनिता लिम्बूले केहीपछि, लगतै इंग्ल्यान्डमा साउथ एसिया र इथ्निक माइनोरिटी ग्रुपलाई सम्मान गर्ने एउटा अवार्ड कार्यक्रम ‘एमटिएम’ को कला र मनोरञ्जन विद्याका लागि पनि मनोनीत भएकी थिईन् । उक्त अवार्ड कार्यक्रम २०१६ डिसेम्बरमा ब्रिस्टोल बेलायतमा सम्पन्न भएको थियो । अनिताको यो उन्नति प्रगति देख्दा हामी सारा नेपालीहरुको प्रतिनिधिप्त्व गरिरहेझैं लाग्छ । अहिलेको उनको कदमले उनि नेपाल र नेपालीलाई मात्र होइन नेपाली गीत-संगीत र संस्कारलाई पनि उतिकै माया गरेको देखिन्छ |

ताप्लेजुङ्ग जिल्लाको तमोर खोलामा जन्मिएकी अनिता लिम्बु, सन् २०१० देखि बेलायत बस्दै आएकी हुन् । मिस स्पार्कलिङ ब्युटी यूके २०१६ मा फस्ट रनरअप, मिस ट्यालेन्ट र मिस च्यारिटी अवार्ड जितेकी उनले बर्मिङहमको लोकल डिजाइनरहरूका लागि पनि रनवे मोडलिङ गरेकी थिइन् । अफ्रिकन गायकको एउटा म्युजिक भिडियोमा समेत उनको अभिनय रहेको छ । उनलाई धेरै चलचित्रमा अफर पनि आएको थियो तर व्यस्तताले गर्दा गर्न नसकेको र भबिस्यमा आफुलाई मन परेको रोल पाए गर्ने बिचारमा रहेकी छिन् ।

उनि एक राम्रो डान्सर र बेली डान्सर पनि हुन् उनले बेलायतका बिभिन्न ठाउहरुमा आयोजित कार्यक्रमहरुमा आफ्ना जादुमय कला प्रस्तुत गरेर सबैको मन जित्न सफल भएकी एक होनहार कलाकार हुन् । निक्कै मज्जाको हाईट भएकी अनिता उत्तिकै राम्री पनि छिन् । अब समय बदलियो, उहिल्यै जस्तो रहेन, पछिल्लो समय जनजाति परिवारबाट पनि यस्ता राम्रा राम्रा मोडल अथवा कलाकारहरु आईरहेका छन् । लाहुरे परिवारबाटै आएका हुन् मोडल माला लिम्बु, निशा पोमु, टप मोडल कला सुब्बा आदि पर्छन् । आशा गरौँ अरु मोडलहरु जस्तै यो क्षेत्रमा अनिता लिम्बुले पनि एउटा दरिलो ईटा थप्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *