बेलायतमा गोर्खा राईफलस्सका सेनाहरु सम्मानित

चैत्र २ बेलायत, बेलायतमा गोर्खा राईफलस्सका सेनाहरु सम्मानित भएका छन् । रोयल गोर्खा राइफल्स सेकेन्ड बटालियन (टुआरजिआर)का करिब डेढसय गोर्खा सैनिकलाई प्रिन्स ह्यारी र प्रिन्स चार्ल्सले विशेष सम्मान ‘अपरेसनल सर्भिस मेडल’ प्रदान गरेका हुन् । गतवर्ष गणपति लेफ्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएको दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भदेखि नै नेटो संगठनबाट त्यहाँ खटिएका विभिन्न प्रतिनिधिलाई सुरक्षा प्रदान गरेको थियो ।

आठ महिना लामो ‘अपरेसन टोरल’का लागि गोर्खा काबुल खटिएका थिए । ती गोर्खाहरुले ननकम्ब्याट रोलमा अफगान मन्त्री र वरिष्ठ अधिकारीहरुलाई सुरक्षा सल्लाह दिन र अफगान नेसनल आर्मी अफिसर्स एकेडेमीमा सुपरीवेक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काबुल सुरक्षा बलका लागि बटालियनको भूमिका महत्वपूर्ण थियो ।

सन् १९९४ मा बडामहारानीले रोयल गोर्खा राइफल्सलाई निशानीमाई उपहार दिएकी थिइन् । उक्त निशानीमाईसहित क्याप्टेन डिल्लीकुमार राई, सार्जेन्ट सन्त लिम्बू, लीलाराज लोक्समलगायत टोलीले कवाज प्रस्तुत गर्दै परेड मास्टर बटालियन गणपति लेप्टिनेन्ट कर्णेल जेसी मुरेले राजपरिवारलाई शाही सलामी दिएका थिए ।
समारोहमा तल्लो अधिकृतको रुपमा दुई दशक लामो समयमा इमान्दार, बहादुर र कर्तव्यनिष्ठ भई उदाहरणीय सैनिकको संज्ञा पाएका संखुवासभाका क्याप्टेन छत्र लिङ्थेवलाई गोर्खा इतिहासमै पहिलो प्रशंसनीय पदक प्रदान गरिएको छ ।

द्वन्द्वग्रस्त राष्ट्रहरु अफगानिस्तान, इराक, सेरालियोन जस्ता मुलुकमा ७२० दिन अहोरात्र सुरक्षामा खटिएका दोस्रो गोर्खा बटालियनका प्रमुख लेप्टिनेन्ट कर्णेल जेसी मुरे, मेजर डेनिल ओकर्ण, साम मिडोज, यातायात प्रमुख क्याप्टेन कृष्ण लोक्सम, वारेन्ट अफिसर बसन्त राई, कलर सार्जन्ट श्री जिमी, बसन्तकुमार राई, कर्पोरल विनोदकुमार राई, रुपेन्द्र राई, सुरज वालिङ राई, खिम थापा र धनप्रसाद घलेलाई अतिविशिष्ट पदक (अकुमुलेटेड क्याम्पियन सर्भिस् मेडल) प्रदान गरियो ।

कार्यक्रममा मेजर वल्डफिल्ड, कलर सार्जन्ट सञ्जय राई, कर्पोरल हरि राई, चन्द्र गुरुङ, टंक मगर गुड कन्डक्ट पदकले सम्मानित भए । उत्कृष्ट सार्जन्टले पाउने प्रिन्स अफ वेल्स खुकुरीको उपाधि यसवर्ष दोस्रो गोर्खा रेजिमेन्टका कलरसार्जन्ट राज राईलाई दिने घोषणा गरिएको छ । दरबार सम्म जान सम्पूर्ण कार्यक्रम संयोजन उक्त बटालियनका रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान संगम राईले गरेका थिए भने कवाज कार्यक्रमको निर्देशन गोर्खा मेजर गजेन्द्र आङदेम्बेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *