बैदेशिक रोजगारीमा जानेको शुल्क बढाउने तयारी

पौष १२ काठमाडौ, सरकारले वैदेशिक रोजगारमा जाने कामदारसँग लिने शुल्क बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले विदेशमा मृत्यु भएकाका परिवारलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोष्णा गरेपछि, वैदेशिक रोजगार कल्याणकारी कोषबापत शुल्क वृद्धिका लागि श्रम तथा रोजगार मन्त्रालयले तयारी थालेको हो ।

क्षतिपूर्ति रकम ७ लाख पुर्‍याएपछि कोषको रकम छिट्टै सकिने बताउँदै मन्त्रालयले कोषमा कादारले जम्मा गर्ने रकम वृद्धि गर्ने तयारी गरेको हो । कोषमा अहिले विदेशिने कामदारले एक हजार रुपैयाँ जम्मा गर्दै आएकोमा अब यो वृद्धि हुनेछ ।

दुई वर्ष साउदीमा जाने र ५ वर्ष कोरियाका लागि जानेले बुझाउने रकम १ हजार नै हो’ भुर्तेलले भने,’कोषमा’ श्रोतको अभाव हुन नदिन, बढी वर्षका लागि स्वीकृति लिनेले बढी रकम कोषमा जम्मा गर्ने ब्यवस्था गर्न लागका हौं ।’ शुल्क कति बढ्छ भन्नेबारे मन्त्रालयले केही बताएको छैन ।

प्रधानमन्त्री प्रचण्डले विदशेमा मृत्यु भएकाको परिवारलाई अहिले दिइँदै आएको ३ लाखबाट बढाएर ७ लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेपछि कोषमा बैकल्पिक श्रोतको खोजी सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *