ब्रेन ट्युमर बिमारीलाई धरान द वेस्ट ग्रुपको आर्थिक सहयोग

नविन मगर- धरान ९  जेठ-लामो समयदेखि सामाजिक संजाल फेसबुकमा क्रियाशील रहेको धरान द वेस्ट ग्रुपले दुई वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित सुनसरी जिल्ला इटहरी-५,निवासी २२ वर्षीया एलिना तामाङलाई उपचार खर्चको लागि आर्थिक सहयोग गरेको छ । एक लाख भन्दा बढी सदस्य संख्या रहेकोे यस ग्रुपले देश बिदेशमा रहेकोे आफ्ना सम्पुर्ण सदस्यहरुलाई सहयोगको लागि आव्हान गरेका थिए ।

तत्पश्चात भएको आर्थिक संकलन कार्यक्रममा ग्रुपका एडमिन तथा सदस्यहरूको सक्रियतामा धरान,इटहरी र तरहरा लगायतको ठाउँहरुमा घरदैलो कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा र एडमीन लगायत सदस्यहरुबाट संकलीत रकम रु.१,३०,६४०/- (अक्षरेपी एक लाख तीस हजार छ सय चालिस मात्र) बिरामीको आफन्तलाई ग्रुपका आधिकारिक व्यक्ति उज्वल तामाङ “इजि”जेनिल थापा,चेसुङ राई,नुनुमा राई बाट हस्तान्तरण गरिएको छ। यस सहयोग संकलनमा ग्रुपका एडमिन उज्वल तामाङ,जेनिल थापा,जीवन भुजेल,चेसुङ राई,रिजन तामाङ लगायत सदस्यहरु संगिता गुरुङ,मेरि राई,नुनुमा बान्तवा,रिता राईको स्थलगत सहयोग रहेको छ।

ग्रुपको पृष्ठभूमीलाई हेर्दा आजभन्दा सात वर्ष अगाडि धरान-७,का कबिर श्रेष्ठ द्वारा मनोरञ्जनका लागि स्थापना भएको यस ग्रुपमा नेपाल भित्र र बाहिर गरि उन्नाइस सदस्यीय एडमिन टोलि रहेका छन् । मनोरञ्जनका लागि स्थापना भए पनि हाल आएर यस ग्रुपले विभिन्न सामाजिक सहयोगहरु गर्दै आइरहेको छ। सक्रियरुपमा अघि बढी रहेकोे यस ग्रुपले विभिन्न दैवीप्रकोप,दुर्घटना र भइपरि आउने घटनाहरूमा सहयोग गर्दै आएको छ । यसभन्दा अगाडि सुनसरी धरान-३,कि एप्लाष्टिक एनिमिया पीडित नाइसा शाक्य र ललितपुर जिल्ला निवासी ब्रेन ट्युमरबाट ग्रसित शर्मिला दुदराजलाई उपचारको लागि आर्थिक सहयोग गरेको थियो । यस बाहेक ग्रुपले विभिन्न,ज्ञानबर्धक,जनचेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ । ग्रुपलाई संस्थागत रुपमा दर्ता गराई सामाजिक कार्यमा निरन्तरता दिने भावी योजना रहेकोे छ।

एलिना तामाङलाई सहयोग गर्ने सहयोगी मनहरुको नाम तथा रकम यसप्रकार छ:
१,हिरा श्रेष्ठ(दुबई)रु.२०,०००/-
२,दिवस सुब्बा(मलेसिया)रु.१२,२५०/-
३,हरि गुरुङ(मोरङ)रु.१०,५००/-
४,कल्पना राई”बिन्दु”(इराक)रु.९,१५३/-
५,केशव केसि(इलाम)रु.५,०००/-
६,दिल पुलामी मगर(साउदी)रु.५,०००/-
७,समीर बायुङ राई(उदयपुर)रु.५,०००/-
८,समीर गुरुङ(संखुवासभा)रु.४,९६५/-
९,संगिता गुरुङ(काठमाडौ)रु.४,०००/-
१०,सीता राई(कुवेत)रु.३,२००/-
११,लक्ष्मी राई(साइफ्रस)रु.३,०००/-
१२,रेनुका राई(युके)रु.३,०००/-
१३,दिप लिम्बू(झापा)रु.३,०००/-
१४,रमेश राई(उदयपुर)रु.३,०००/-
१५,नवीन मगर(उदयपुर)रु.२,४००/-
१६,नानू मगर(खोटाङ)रु.२,०००/-
१७,सिपि कोयु राई(युके)रु.२,०००/-
१८,नुनुमा बान्तवा(धरान)रु.२,०००/-
१९,डेविल किङ(भारत)रु.२,०००/-
२०,उज्वल तामाङ(धरान)रु.१,०००/-
२१,मेरि राई(तरहरा)रु.१,०००/-
२२,रिता राई(तरहरा)रु.५५०/-
साथै,सुनसरी,तरहरा घरदैलो कार्यक्रमबाट रु.२३,६३०/-
जम्मा रु.१,३०,६४०/-मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *