भक्तपुरमा ट्याक्सी भित्र भेटिएको मृतकको पहिचान खुल्यो

भक्तपुर २२ कात्तिक- भक्तपुरको मनोहरा खोला नजिक ट्याक्सीभित्र मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । मृतक व्यक्ति सर्लाही घुर्कयौली घर भइ हाल ललितपुरको कुुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्का रहेको भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरीका अनुसार उनी आफै ट्याक्सी चालक हुन् ।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा बुधबार बिहान बा १ ज १०४० नम्बरको रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा रातो ज्याकेट लगाएको व्यक्ति मृत अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । टाउकोमा ढुंगाले हानेको घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *