भरतपुरमा च्यातिएको मतपत्र अदालत आईपुग्यो

भरतपुर १३,असार-भरतपुर महानगरपालिका वडा नं १९ को च्यातिएको मतपत्र सर्वोच्च अदालतमा आईपुगेको छ । मतगणना स्थलमा च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आज सर्वोच्चमा पठाएको हो ।

भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको थियो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायब निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाडौँ आएका छन् ।

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र अदालतमा ल्याउन ६ असारमा आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *