भरतपुरमा देवी र रेणुको मतान्तरण घट्दै

भरतपुर चितवन १३ जेठ-भतरपुर महानगरपालिकाको मतगणना रोचक बन्दै गईरहेको छ । एमालेको अग्रता कायमै रहेपनि कांग्रेस-माओवादी गठकन्धनकी रेणु दाहालले क्रमश: मतान्तर घटाउँदै गएकी छन् ।

अहिले वडा नं २१ को मत गणना जारी छ । यस वडाको १२०० मत गन्दा एमालेका देवी ज्ञावली १००९ मतले अगाडी छन् । देवी ज्ञवालीले ४०१६७ मत प्राप्त गरेका छन् भने गठकन्धनकी रेणु दाहालले ३९१५८ मत प्राप्त गरेकी छन् । उपमेयरमा कांग्रेस-पार्वती शाह ४३१२३ एमाले- दिव्या शर्मा ३६८१४ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *