भरतपुरमा रेणु दाहालले जित्ने दाबि, हिसाब यस्तो छ

काठमाडौ ९ जेठ- प्रधानमन्त्री प्रचण्डले हिजो संसदमा विशेष वक्तव्य दिएर राजीनामा दिने दाहालको योजना भएपनि एमालेले बैठक चल्नै नदिने भनेपछि हिजो दिने भनिएको राजिनामा रोकिएको थियो ।

अहिले भरतपुरको मतगणना जारी छ । भोलि साँझसम्ममा भरतपुर महानगरपालिकाको नतिजा आउने आशा गरिएको छ । स्रोतको अनुसार, एमालेको पकड क्षेत्रको गणना सकियो, माओवादी र काँग्रेस मतदाता बढी भएको क्षेत्रमा गणना सुरु भएको छ । १३ नम्बर वडाको १८ सय मतगणना सकिँदा रेणुले ८५१ र एमालेका ज्ञवालीले ५ सय २७ मत ल्याएका छन् । ती वडामा रुखमा मत गएको छैन, सबै हँसिया हथौडामा हालिएको बताईएको छ ।

२६ नम्बर वडादेखि रेणुले ३ सयले अग्रता लिने अनुमान गरेका छन् । चार हजार ४१ मत भएको उक्त क्षेत्रमा रेणुलाई मात्र कम्तिमा २५ सय मत आउने अनुमान गरिएको छ । १४ नम्बर वडा पनि माओवादी–काँग्रेस गठबन्धन बलियो भएको क्षेत्र हो । त्यहाँ ६ नम्बर वडाको गीतानगरमा जस्तै मत आउने आंकलन गरिएको छ ।

१५ नम्बर वडा पनि काँग्रेसकै गढ हो । १५ नम्बर वडाको मतगणना सकिँदा रेणुले ज्ञवालीको अग्रता शून्यमा झार्ने अनुमान गरिएको छ । त्यसपछि १७, १८, १९, २० नम्बर वडा पुरानो चित्रवन नगरपालिका हो । त्यो काँग्रेसको पकड क्षेत्र मानिएको छ ।

२१ मा पनि काँग्रेस बलियो छ । २६ नम्बर वडा पनि काँग्रेसकै मतदाता बढी भएको क्षेत्र हो । १४ देखि २१ वडासम्मको गणना हुँदा रेणुको मत अप्रत्यासित आउने अनुमान गरिएको छ । देउवाको दावी र पुष्पकमल दाहालको अपेक्षाअनुसार जनताले मत हालेका होलान् त ? यो हेर्न भने केहि दिन अझ कुर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *