भारतको अगाडि प्रचण्ड सरकार लम्पसार, चिन संग सम्बन्ध बिग्रिन्दै

सूचना खबर-मंसिर ५ काठमाडौ, भारतको अगाडी लम्पसार परेर नेपाल सरकारले उतर तिरको छिमेकी देश चिन संग सम्बन्ध बिगार्दै लागेको छ । गत भदौ ८ गते अर्थ सचिवस्तरिय बैठक अन्तिम समयमा सरकारको वेवास्ताको कारण स्थगित गरियो । त्यो कार्यक्रममा चिनिया उप वाणिज्य मंत्री गाओ यान काठमाडौ आउने तयारीमा थिए ।

भारतमा सम्पन्न भएको ब्रिक्स बैठकमा भारतको गोवा जादा नेपाल आउने अन्तिम तयारी हुदा चीनका राष्ट्रपति सी जिनपिङ्गले नेपाल सरकारले वास्ता नगरेपछि कम्बोडिया र बंगलादेशको भ्रमण गरेका थिए ।

स्थायी संयन्त्रको सचिव स्तरिय बैठक ल्हासामा तिनदिन सम्म चल्दा चीनले नेपालको मनस्थिति मात्र बुझेको थियो। नेपालले पठाएको प्रोटोकल सम्बन्धि प्रस्तावलाई चीनले खासै वास्ता गरेको छैन ।

हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले भारत भ्रमणको क्रममा दलाई लामालाई भेटेको भन्ने समाचारले पनि चिन नेपाल संग चिढिएको छ । ओली सरकारको पालामा दुई देश बीच पारवहान र यातायात सम्झौता, पोखरा विमानस्थल निर्माण सहित १० वटा सम्झौता भए पनि चिन बाट ओली फर्किए लगत्तै नेपालमा सरकार परिवर्तन भएकोले कार्यन्वयन हुन सकेन । यसबीचमा पराराष्ट्र सचिव शंकर बैरागीको संयोजकत्वमा ३ वटा फरक-फरक बैठक बसे पनि कुनै उपलब्धि हुन सकेन ।

गत साल नेपालमा आएको महा भूकम्पले जनधनको क्षति गर्दा भारतलाई नेपाली जनताले बहिस्कार गरेका थिए भने चीनको सहयोगलाई स्वागत गरेका थिए । त्यो बेलामा सहयोगको नाममा भारतले चिन र नेपालको सिमाना पुगेर चीनको जासुस गरेको आरोप लागेको थियो भने उद्दारको नाममा आएको भारतीय हेलिकप्टरले घाईतेहरुलाई नबोकी भारतीय पत्रकारहरुलाई मात्र बोकेर उडिरहेको थियो ।

त्यसलगत्तै नेपालको सार्वभौमसत्ता माथि हमला गर्दै नेपालको आन्तरिक राजनीतिमा मधेश आन्दोलनलाई साथ् दिदै भारतले नेपाल माथि नाकाबन्दि समेत गरेको थियो । नेपाल र भारतको सिमानामा पर्ने दशगजामा कैयौ बिघा जग्गा भारतले मिचेको छ । नेपालको कालापानी र टनकपुर आज भारतले उपभोग गरिरहेको छ । लिपू लेखलाई पनि भारतले आफ्नै भनि रहेको छ । कहिले बुद्ध भारतमा जन्मिएको हो भनेर प्रचार प्रसार गर्छ भने कहिले हाम्रो पशुपती भन्ने गर्छ । तर प्रचण्ड नेतृत्व सरकार भने भारतको अगाडि मात्र लम्पसार परेर चीनलाई चिढ्याउने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *