भारतमा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुने

काठमाडौँ, २६ साउन । अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर पहिलो पटक भारतको उडिसा राज्यको भुवनेश्वर शहरमा आगामी सेप्टेम्बर १७ देखि २१ सम्म गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा.केके सिंहले दक्षिण एशियाका युवाहरुलाई युवाको समस्या समाधानका लागि आठ वटै देशका युवामन्त्रीलाई राखेर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।  युवा समस्या, संस्कृति, पर्यटन, संयुक्त राष्ट्र संघले अवलम्वन गरेको दिगो विकास लक्ष्य, शान्ति, पूर्वाधार विकास लगायतका बारेमा छलफल हुनेछ ।

सम्मेलनमा समितिका नेपाल शाखा अध्यक्ष राज कट्टेलले नेपालबाट युवा तथा खेलकुदमन्त्रीसहित ३० जनाको सहभागिता रहने जानकारी दिनुभयो । समितिका नेपाल शाखाका संयोजक अभिषेक पौडेलले सम्मेलनमा मन्त्रीका साथै सि.एन.एन वर्ष हिरो अवार्ड विजेता अनुराधा कोइरालाको समेत उपस्थिती हुने बताउनुभयो ।

उहाँले दक्षिण एशियामा देखिएका युवाको समस्यालाई सम्मेलनमा दह्रो रुपमा प्रस्तुत गरिने बताउनुभयो । सम्मेलनमा दक्षिण एशियाका ८ देशका ४०० युवाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *