भारतले नेपाललाई हेपे जस्तो पाकिस्तानलाई हेप्न नखोजोस

parvez musharrafअसोज १२ काठमाडौ, भारतीय टेलिभिजन च्यानल आजतकसँग कुराकानी गर्दै पाकिस्तानका पूर्व राष्ट्रपती परवेज मुशरफले, पाकिस्तान शक्तिशाली देश हो र भारतले नेपाल र भुटानलाई हेपे जस्तो गल्ती भारतले नगरोस भनेका छन् ।’

सार्क शिखर सम्मेलनमा सहभागी नहुने भारतको घोषणामा प्रति आपति जनाउदै, मुशरफले भने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफुलाई मन लाग्दा पाकिस्तान आउछन । मन नलाग्दा दुनिया भर पाकिस्तानको बदनाम गराउदै हिड्छन ।

मुशर्रफले भारत कश्मीर लगायतका खास मुद्दामा कुरै गर्न चाहँदैन भन्दै मुशर्रफले भने, ‘मोदी युद्ध चाहान्छन् । तर, पाकिस्तान, पाकिस्तान हो । नेपाल र भुटान होइन ।’

आफूले भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी र मनमोहन सिंहसँग मिलेर कश्मीर मुद्दा मिलाउन खोजेको मुशर्रफले बताएका छन् । तर, भारतले इच्छा नदेखाएको उनको भनाइ छ ।

मुशर्रफले भनेका छन्, ‘भारत ठूलो देश हो तर, यसको चित्त सानो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *