भारतीय ज्यादतिको बिरोधमा चलचित्र निर्माता संघले कडा शब्दमा भर्त्सना गर्दै जारि गर्‍यो विज्ञप्ति

फागुन २८ काठमाडौ, कन्चनपुरको आनन्द बजारमा भारतीय प्रहरी एसएसबीको गोलि प्रहारबाट नेपाली गोबिन्द गौतमको निधन भएकोमा चलचित्र निर्माता संघले गहिरो दुख ब्यक्त गरेको छ । संघका अध्यक्ष नवल खड्काले एक विज्ञप्ति जारि गरेर,भारतीय पक्षले नेपाल र नेपाली माथि गरेको ज्यादतिको कडा शब्दमा भर्त्सना गरेका छन् ।

nawal khadka
नेपाल चलचित्र निर्माता संघले जारि गरेको विज्ञप्ति

नेपाली भूमिमा भारतीयको दादागिरी अन्त्यको लागि सबै नेपाली एकजुट हुनुपर्ने भन्दै,विज्ञप्तिमा भारत सरकारले विगतको औपनिवेशिक मानसिकता त्यागि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको सम्मानलाई आघात नपुर्‍याउन चेतावनी समेत दीइएको छ ।

यसैगरी विज्ञप्तिमा ,यस घटनामा भारतीय सरकारले माफि माग्नु पर्ने र नेपाल सरकारले दिवंगत गौतमलाई सहिद घोषणा गर्नु पर्ने माग गरिएको छ । साथै मृतकको परिवारलाई क्षतिपूर्ति र आश्रित परिवारको जीवन भरणपोषण प्रत्याभूतिसमेत गर्न संगले जारिगरेको विज्ञप्तिमा उल्लेख छ । घटनामा घाईते भएकाहरुको निशुल्क उपचार र क्षतिपुर्तिको व्यवस्था गर्न पनि संघले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

वर्तमान नेपाली चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले केहि समय अगाडि नेपाल र भारत सिमानाको बिषयलाई लिएर दशगजा चलचित्रको निर्माण गरेका थिए । उक्त चलचित्र छायाङ्कनको समयमा भारतीयहरुले निक्कै नै दुख दिएको बताएका छन् । त्यसैगरी अर्को घटनामा भारतीय बाट मारिएका शहिद भीमदत्त पन्तको जीवनीमा आधारित फिल्मको पनि निर्माण गरेका छन् । उक्त चलचित्रमा पनि भारतीय ज्यादतिको बारेमा देखाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *