भारतीय फुटबलका कप्तान सुनिल नेपाल बिरुद्धको खेल नखेल्ने

मुम्बई २३ जेठ- भारतीय फुटबल टिमका नियमित कप्तान सुनिल क्षेत्री नेपालसँग भोली (जुन ६) हुने मैत्रीपूर्ण खेल नखेल्ने भएका छन्। एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत नेपाल र भारतबीच मंगलबार मुम्बईको अँधरी स्टेडियममा खेल हुँदैछ।

भारतीय टिमका प्रशिक्षक स्टेफन कनस्टाइनले सुनिल नेपाल विरुद्ध नखेल्ने बताएका हुन्। ‘सुनिल पूर्ण रुपमा फिट छैनन्। त्यसैले उनी नेपालसँग खेल्नेछैनन्। हाम्रो लागि कीर्गिस्तान विरुद्को खेल पनि महत्वपूर्ण छ। त्यसैले सुनिलसँग जोखिम मोल्न चाहन्नौँ’, उनले भने।

सुनिलको अनुपस्थितिमा भारतको कप्तानी गोलरक्षक गुरप्रित मान सान्धुले गर्नेछन्।  खेल नेपाली समय अनुसार ७:१५ भारतीय समय ७:०० बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *