भियतनामी राजदूत टोनसिङ थान्ह र प्रधानमन्त्री पुष्पकमल दाहाल बीच भेटवार्ता

कार्तिक ८ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भियतनामी राजदूत टोनसिङ थान्हले शिष्टाचार भेट गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र भियतनामबीचको आपसी सम्बन्ध र द्वीपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र भियतनामबीच लामो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले पछिल्लो समय नेपाल र भियतनामबीचको सम्बन्धमा निकटता बढेकोमा खुसी व्यक्त गर्नुभयो ।

भेटमा भियतनामी राजदूत थान्हले नेपाल र भियतनामबीच उच्चस्तरीय राजनीतिक भेटघाट गरेर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *