भुकम्प के हो ? यो कसरी आउँछ ? के अझै नेपालमा भुकम्पको खत्रा छ ?

भूकम्प के हो ? भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ ।

बढी क्षति गर्ने ३० किमीसम्मकोले हो । नेपालमा १२ वैशाख २०७२ मा गएको भूकम्प स्यालो हो । भूकम्प जति माथिबाट आयो, त्यसले त्यत्ति नै बढी असर गर्छ । भूकम्पको दुईवटा वेभ हुन्छ । एउटा बडी वेभ र अर्को सर्फिस वेभ । बडी वेभमा प्राइमरी र सेकेण्डरी तथा सर्फिस वेभमा रेली र लव भन्ने दुई फरकफरक प्रकार हुन्छ । बडी वेभले कम र सर्फिसले बढी क्षति गर्छ । सिद्धान्ततः भूकम्प होरिजेण्टल र भर्टिकल वेमा जान्छ । तर कहिले काहीँ दुवै मिलेर आइदियो भने खतरनाक हुन्छ, नेपालमा अहिले भएको त्यही हो । भूकम्प दैनिकजसो गइरहेको हुन्छ । तर हामीले पत्तो पाउँदैनौं । १ देखि ४ रेक्टर स्केलसम्मको भूकम्पले क्षति गर्दैन । ५ रेक्टर स्केलभन्दा माथिको भूकम्पले माग क्षति हुन्छ । सामान्य भूकम्पको मापन गरिँदैन । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी ।
स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । यो धेरै आधिकारिक र विश्वशनीय हुँदैन । रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मात्र मापन हुन्छ । हालसम्म संसारमा सर्वाधिक ९.५ रेक्टर स्केलको भूकम्प गएको छ । चिलीमा गएको बिनासकारी भूकम्प नै अहिलेसम्मको ठूलो हो । यस्तै इण्डोनेसियामा ९.३ र जापानमा सन् २०११ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा विक्रम सम्वत १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलो भूकम्प आउने गरेको छ ।

९० सालपछि अहिलेको भूकम्प सबैभन्दा ठूलो हो । यसलाई रिटर्न पिरियड भनिन्छ । भूकम्पको भविष्यबाणी हुँदैन अहिलेसम्म संसारमा भूकम्पकोभविष्यबाणी कसैले गर्न सकेको छैन । यो गर्न पनि सकिँदैन । सिद्धान्ततः विज्ञानले भविष्यबाणीलाई अस्वीकार गर्छ । भूकम्पको भविष्यबाणी गर्ने कुनै प्रविधिको विकास भएको छैन । सायद अब हुन पनि कठिन छ । अनुमानसम्म गर्न सकिएला । जापान र चीनमा सर्पहरु एकैपटक दुलाबाहिर आए भने, आकाशमा ठूलो संख्यामा चरा उडे भने, कुकुर भुक्यो भने, गाइवस्तु करायो भने भूकम्प आउन लागेको अन्ुमान गरिन्छ । तर विज्ञानले ती घटनालाई भूकम्प आउने संकेतका रुपमा स्वीकार गर्न सक्दैन र होइन पनि । कुनैबेला संयोग परेको भए बेग्लै कुरा हो । अहिले जसरी भूकम्पका विभिन्न भविष्यबाणी भइरहेका छन्, ती सबै निराधार हल्ला हुन् । यस्तो गलत हल्लाको पछि लाग्न जरुरी छैन । भूकम्प कहिले आउँछ र कति क्षमताको आउँछ भन्ने कुरा संसारमा मै हुँ भन्ने वैज्ञानिकले समेत गर्न सकेका छैनन् । भूकम्प तीन चरणमा आउँछ । पहिला पूर्वसंकेतका रुपमा सानो आउँछ । त्यसको झड्का महसुस गर्न सकिँदैन । दोश्रो चरणमा आउने मुख्य झड्का हो ।
ज्वालामुखी विस्फोट र सुनामी सामुन्द्रिक मुलुकहरुमा मात्र हुने घटना हुन् । हाम्रोजस्तो पहाडी मुलुकमा त्यस्तो हुनै सक्दैन । नेपाल ७२ देखि ८ हजार ८ सय ४८ मिटरसम्म उचाइ भएको मुलुक हो । यति उचाई भएको स्थानमा ज्वालामुखी विस्फोट हुँदैन ।

One thought on “भुकम्प के हो ? यो कसरी आउँछ ? के अझै नेपालमा भुकम्पको खत्रा छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *