भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्न सरकारलाई आग्रह गर्छौं : सांसद मोदी

काठमाडौं, १६ साउन । भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ ।
रिपोर्टर्स क्लब नेपालमा शिविरले पत्रकार सम्मेलन गरेर, स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुकमा जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
आयोजित पत्रकार सम्मेलनमा माओबादी केन्द्रका सांसद अनमनलाल मोदीले शरणार्थीहरुको समस्या जतिसक्दो चाँडो समाधान गर्नको लागि सरकारलाई आग्रह गर्ने बताएका छन् ।
मानव जाती सर्वोत्कृष्ट प्राणी भएको भन्दै मानिस हुनुको गर्व गर्न पाउनु पर्नेमा जोड दिए। उनले भने,‘मानव हुनुको नाताले पनि पारिवारिक सम्बन्ध र देश छोडेर अरुको देशमा शरणार्थी भएर बस्नुको पिडा कारुणीक छ, यो विषयलाई अन्तराष्ट्रिकरण गर्नुपर्छ, जहाँसम्म नेपाल सरकारले नागरिकता दिनुपर्छ भन्ने माग छ त्यो पुरा नहुनसक्छ, किनकी यस्ता रित बसालेको खण्डमा हाम्रो राष्ट्रियता कमजोर बन्छ।’
त्यस्तै एमाले सांसद महेन्द्रा लिम्बुले शिविरमा मानवताको खडेरी परेको बताएकी छिन् ।
उनले भनिन्,‘हाम्रो देशमा जति शरणार्थीहरु छन् त्यहाँको स्थिति निक्कै नाजुक छ, हाम्रो मुलुको स्थिति पनि त्यस्तै लथालिङग छ, तर सिविरको पीडा यहाँ पोख्न गाह्रो हुन्छ, यी समस्या समयमै समाधान नगरिए यसले ठुलो रुप लिन्छ।
त्यस्तै कार्यक्रममा शिविरका सल्लाहकार राजमान गुरुङले विगत २५ बर्ष देखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या दिर्घकालिन रुपमा समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरे।्
उनले भने,‘लामो समय शरणार्थी समस्या समाधानका लागि पहल भए पनि ठोस कदम उठान गर्न नसक्दाअझै पनि १० हजार हाराहारी नेपाली भाषी भूटानी शरणार्थीहरु थप कष्टकर जीवन विताउन बाध्य छन्, यस्तो स्थीतमा नेपालसरकार मुखय गरी जिम्मेवार बन्नुपर्छ।’
त्यस्तै प्रवक्ता सुक बहादुर राईले २००७ देखि सुरु गरिएको तेस्रो देश पुनर्वास कार्यक्रमले १ लाख बढी शरणार्थीहरु अमेरिका, क्यानाडा, नर्वे, वेलायत, न्युजरल्याण्ड, नेदरल्याण्ड, अष्टे«लिया, डेनमार्क लगायतका देशहरुमा स्थानान्तरण भईसकेको र बाँकि रहेकालाई तत्काल व्यवस्थापन गर्न माग गरे।
त्यस्तै टोली संयोजक चम्पासिङ राईले झापा र मोरङ्गमा रहेको बेलडाँगी र पथरी शनिश्चरे शिविरमा थोरै संख्यामा रहेका भूटानी शरणार्थीहरुको राहत समेत दिन प्रति दिन कटौती हुँदै आएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रमका सञ्चालक नास्मी राईले तत्काल आफ्ना माग पुरा नभए समस्याले जटिल रुप लिने बताए ।

प्रेश विज्ञप्ती

विगत २५ बर्ष देखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या दिर्घकालिन रुपमा समाधान गर्न नेपाल सरकार सहित जिम्मेवार निकायसग माग गर्दछौं ।लामो समय शरणार्थी समस्या समाधानका लागि पहल भए पनि ठोस कदम उठान गर्न नसक्दाअझै पनि १० हजार हाराहारीका नेपाली भाषीभूटानी शरणार्थीहरु थपकष्टकर जीवन विताउनबाध्य छन् ।
सन् २००७ देखि सुरु गरिएको तेस्रो देश पुन र्वासकार्यक्रमले १ लाख बढी शरणार्थीहरु अमेरिका, क्यानाडा, नर्वे, वेलायत, न्यजरल्याण्ड, नेदरल्याण्ड, अष्टे«लिया, डेनमार्क लगायतका देशहरुमा स्थानान्तरण भईसकेका छन् ।
तर हालआएर नेपालको पूर्वी भाग झापा र मोरङ्गमा रहेको बेलडाँगी र पथरी शनिश्चरे शिविरमा थोरै संख्यामा रहेका भूटानी शरणार्थीहरुको राहत समेत दिन प्रति दिन कटौती हुँदै आएकोले गर्दा शरणार्थीहरुको जिवनथपकष्टकर बन्दै गएको छ ।
यतातेस्रो मुलक गएका आधा परिवारसँग मेल हुन आशामाबसेका शरणार्थीहरुको समेत स्थान्तरण प्रकृयामा अनेकन झन्झट र मामिला (खासगरी, फौजदारी मुद्दा, अन्तर समुदाय बीचको विवाह) लगायतले रोकिएको छ ।
केही शरणार्थीहरु आफ्नै देश फर्कने भनीपर्खिरहेका छन् । यसर्थ हामी शिविर व्यवस्थापन समिति र शिविर व्यवस्थापन समिति सल्लाहकार सहितको एक टोलीले मिति २०७४÷४÷९ गते काठमाण्डौ आई हाम्रा मागहरुलाई मुख्य गरी उपप्रधान तथा पराराष्ट्र मन्त्री माननिय कृष्ण बहादुर मोहरा, गृहमन्त्री जनार्दन शर्मा, मानव अधिकार छाता संगठन एलाईन्सका निर्देशक मिन बहादुर शाही, नयाँशक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई, काँग्रेशका बरिष्ठ नेता केशव कुमार बुढाथोकी,नेकपा एमालेका सचिवालय सचिव माननिय श्री प्रदिप ज्ञवाली, भुटानी शरणार्थी मामिला सम्बन्धी गृहमन्त्रालय नुक्रा, यू.एन.एच.सि.आर नेपाल राष्ट्र निर्देशक तथा पूर्नवास भएका राष्ट्रहरुका राजदुतावासहरु लगायतलाई भूटानी शरणार्थी समस्याको दिगो समाधानका आधारहरु सहितकोे ५ बुँदे माग ज्ञापन पत्र बुझाईएको व्यहोरा जानकारी गरिन्छ।
हामीले हाम्रो समस्यालाई अन्तराष्ट्रिय करण गर्ने तथा पूर्णरुपमा पुनःभूटानी शरणार्थी भनेर नेपालमा समस्या उठान नहोस् भन्ने ध्येय राखी निम्न मागहरु अघि सारेका छौं ।

हाम्रा मागहरु
१.स्वदेश फिर्ती समस्याः भूटानी शरणार्थी शिविरमा लामो समय देखि बसोबास गर्दै आएका आफ्नो देशमा फर्कन चाहाने शरणार्थीहरुका लागि १५ औं चरणसम्म भूटान सरकारसँग गरिएको छानविन र बार्तालाई पुनःअगाडि बढाई अन्तराष्ट्रिय स्तरबाट सुचारु गरी देश छोड्दा छाडिएका सम्पति र मानव अधिकारको पूर्ण ग्यारेन्टी सहित ससम्मान स्वदेश फिर्ता हुन पाउनु पर्ने ।
२. तेस्रो मुलु पनर्वासः आधा परिवार छाडिएका र जान चाहाने शरणार्थीहरुका लागि यथासक्दो चाँडो पुनरवास गर्नुपर्ने ।
३. स्थानीयकरणःविविध कारणले तेस्रो मुलुक र स्वदेश फर्कन नचाहने र नपाउने अवस्थाका शरणार्थीलाई नेपालमा नेपाली नागरिक दिलाइ उचित पारिवारिक व्यवास्थापन सहितको बसोबासको व्यवस्था मिलाउनु पर्ने ।
४. अन्तराष्ट्रियकरणः माथिका मागहरु समेत पुरा हुन नसक्दाको अवस्थामा भूटानी शरणार्थीहरुको मुद्धालाई अन्तराष्ट्रियकरण गरिनु पर्ने ।
५. परिचय पत्रः फोटो खिचेर पनि शरणार्थी परिचय पत्र नपाएका करिव १ हजार हाराहारीका शरणार्थीहरुको सम्बन्धीत निकायले छानविन गरी परिचय पत्र दिलाउने मागपुरा शरणार्थी दर्तामा छुटेका भूटानीहरुको सहि पहिचान गरि नेपाल सरकार र ग्ल्ज्ऋच् ले परिचय पत्र उपलब्ध गराईनु पन ।
निम्न मागहरु उल्लेख गरिएको ज्ञापन पत्र सहित नेपाली भाषी भटानी शरणार्थी मुद्धालार्ई तत्काल यथासक्दो सीघ्र समाधानका लागि सम्बन्धीत सरोकारवाला निकायको ध्यानाकर्षणका लागि यो प्रेश विज्ञप्ती जारी गर्दछौं ।
टोली संयोजक प्रबक्ता

चम्फासिङ राई
शिविर सचिव शिविर सचिव
पथरी

टोली सदस्य

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *