भूकम्प पीडितहरुका लागि घर निर्माण गर्न बिना धितो ऋण दिने

काठमाडौ २३ असोज- नेपालमा महा भुकम्प गएको २ बर्ष बिति सक्दा पनि, भुकम्प पिडितहरुले अझै राहत पाउन नसकिरहेको अवस्थामा,सरकारले भूकम्प पीडितहरुका लागि घर निर्माण गर्न बिना धितो ऋण दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितका लागि घर निर्माण गर्न सहयोग गर्ने कार्यविधिमा संशोधन गर्दै बिना धितो सामूहिक जमानीमा ऋण दिने कार्यविधि स्वीकृत गरेको हो । भुकम्प बाट क्षतिग्रस्त घरहरु केहि ठाउँमा पुनर्निर्माण भएपनि,धेरै ठाउँमा भुकम्पले भत्काएका घरहरुको भग्नावशेष सम्म व्यवस्थापन गरिएको छैन ।

भुकम्प पिडितहरुको लागि भनेर विभिन्न दातृ निकायबाट नेपाल सरकारको नाममा आएको सहयोगको हिसाब किताब पनि सरकारले स्पष्ट देखाउन सकेको छैन । भुकम्प पिडितहरुको लागि भनेर आएको चामलाहरु, पिडितहरुलाई वितरण नगर्दा गोदाममै कुहिएर खानै नहुने भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *