भोजपुरमा बाम गठबन्धनको अग्रता कायमै

भोजपुर २२ मंसीर – भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि सभा, प्रदेश सभा क र प्रदेश ख मा लोकतान्त्रिक गठबन्धनले पछ्याइरहेको छ । भोजपुरमा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका शेरधन राई झण्डै तेब्बर मतका साथ अगाडि छन् ।

प्रतिनिधि सभातर्फ वाम गठबन्धनतर्फका उम्मेद्वार माओवादी केन्द्रका सुदन किराँतीले ४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेद्वार नेपाली कांग्रेसका उमेशजंग रायामाझीको ३ हजार ६ सय ६ मत रहेको छ ।

त्यस्तै भोजपुरको प्रदेश सभा १ मा नेकपा एमालेका राजेन्द्रकुमार राईले ३ हजार ७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेकपा संघीय समाजवादी फोरमका अजम्बर राई काङ्गमाङ्गले १ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् ।

भोजपुरको प्रदेश सभा २ मा भने नेकपा एमालेका शेरधन राई झण्डै साढे ५ हजार मतले अगाडि छन् । यहाँ शेरधन राईको ८ हजार ३ सय २७ मत छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले २ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *