भोजपुरमा मतपेटिका लक्षित गरी बम विष्फोट

भोजपुर,११ मसिर- आइतबार मतदान सम्पन्न भएपछि मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा भोजपुरमा मतपेटिका लक्षित गरी बम विष्फोट भएको छ । उत्तरी भोजपुरको साल्पा सिलिचुंग गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

विस्फोटबाट केहि क्षती नभएको र थप उच्च सुरक्षा शतर्कताका साथ थप अनुसन्धान गर्दै सुरक्षित साथ मतपेटिका ल्याउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *