भोजपुरमा शेरधन राईलाई लक्षित गरि बम प्रहार

घाइते असई डिल्ली देवकोटा

भाेजपुर, २८ कात्तिक- नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईलाई लक्षित गरि भोजपुरमा बम प्रहार भएको छ । आक्रमणबाट राईका अंगरक्षक असई डिल्ली देवकोटा घाइते भएका छन् ।

भोजपुर सदरमुकाम बाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा आज बिहान भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राईसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो ।

नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको तर नेता राई भने सकुशल रहेछन् ।पूर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेको राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहारी गरिएको । बम प्रहारपछि गोली पनि प्रहार गरिएको थियो ।

बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नलीएको भएपनि घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *