भोजपुरमा सुदन किरातीको अग्रता कायमै, (सम्पुर्ण पछिल्लो चुनावी अपडेट सहित)

भोजपुर, २३ मङ्सिर- भोजपुरको पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभामा अन्तरगत माओबादी केन्द्रका सुदन किरातीको १६७६७ मत र नेपाली कांग्रेस उमेशजङ रायमाझीको ९९३० मत आएको छ ।

प्रदेश सभा क्षेत्र नं १ अन्तरगत नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राजेन्द्रकुमार राईको ११८६८ मत र संघिय समाजबादी फोरम नेपालका तर्फबाट उम्मेदवार अजम्वर राई काङमाङ ६४६७ मत आएको छ ।

यसैगरी प्रदेश सभा क्षेत्र नं २ अन्तर्गत एमाले नेता शेरधन राईको १९२३० मत र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गोविन्दबहादुर कार्कीको ६८३३ मत देखिएको छ ।

यसैगरी काठमाडौको पछिल्लो मत परिणाम अनुसार, ३४ सय मतान्तरले गगन थापा विजयी भएका छन् भने, शेखर कोईरालालाई हराउदै लालबाबु पण्डित पनि विजयी भएका छन् ।
यसैगरी, सिन्धुपाल्चोक-२ मा पशुपतिशमशेरलार्इ पराजित गर्दै शेरबहादुर तामाङ विजयी भएका छन् । काठ्माडौमै प्रकाशमान सिंह विजयी भएका छन् । २७ हजार मतान्तरले धादिङमा भूमि त्रिपाठी विजयी भएका छन् । उता सिन्धुपाल्चोकको दुबै क्षेत्रमा वाम गठबन्धन निर्वाचित भएका छन् । काठमाडौं ८ मा जीवनराम विजयी भएका छन् भने,रसुवा (ख) बाट प्रदेशसभाका लागि नयाँ शक्ति पार्टीका प्रेम तामाङ विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES