मंगोलबासी राष्ट्रिय फोर्स कार्यकर्ता हतियार सहित पक्राउ

कार्तिक ८ काठमाडौं, मंगोलबासी राष्ट्रिय फोर्स नामक भूमिगत सैन्य दस्ताको प्रमुख उपेन्द्र घर्तीमगर सहित १३ जनालाई विशेष प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँच वर्ष अगाडि नेपाल आयल निगम अगाडि बम विष्फोट गराउने टेम्बी शेर्पा पनि छन् । उक्त बम विष्फोटमा तीन जनाको मृत्यु भएको थियो ।

पक्राउ परेकाहरुको साथबाट दुई थान नलकटुवा कटुवा पेस्तोल, दुई थान रिभल्बर, त्यसमा लाग्ने १२ राउण्ड गोली, बारुद लगायतका विष्फोट पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

यस समूहको प्रमुख उपेन्द्र घर्तीमगर रुकुमको जाङ २ का हुन् । उनी सहितको भूमिगत समूहले रुकुमको जाङखार खोलामा सैन्य तालिमसमेत लिएको प्रहरी बताउँछ । सैन्य तालिम दिने कार्यमा माओवादी पूर्वलडाकू विमल विक संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *