मंसिर १० गते ३२ जिल्लामा सवारी साधान नचल्ने

काठमाडौ, ९ मंसिर- मंसिर १० गते आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अवधिभर ३२ जिल्लामा अनुमति पाएका बाहेकका सवारी साधान नचल्ने भएका छन् ।

प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का रूकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश नं ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा चुनाव हुने भएकोले उक्त जिल्लाहरुमा अनुमति पाएका बाहेक कुनै पनि सवारी साधनहरु नचल्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *