मतदान गर्नु तर चिन्ह बाहिर : डा.सिके राउत

मतदान गर्नु तर चिन्ह बाहिर : डा.सिके राउत
रौतहट २५ गते जेठ
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सिके राउतले मधेशीहरुलाई स्थानिय निर्वाचनमा भाग लिनु पर्ने धारणा राख्दैं कुनै पनि चिन्हमा स्वस्तीक छाप नलगाउन अनुरोध गरेका छन् ।

तारिख थाम्न रौतहट जिल्ला अदालत गौर पुगेका संयोजक डा.राउतले नेपाल सरकारलाई पटक पटक शान्तिपूर्ण रुपमा मधेश अजादको कुरा प्रस्ताव गरे पनि सरकारले आफुलाई विभिन्न बहानामा थुना राख्नुका साथै यातना दिदैं आएकोमा बर्तमान परिवेशमा जे-जस्तो भए पनि बर्तमान अवस्थामा हुन लागेको स्थानिय स्तरको निर्वाचनमा भाग लिई उक्त बैलेटमा भएका विभिन्न पार्टीको चुनाव चिन्हहरुको कोठा स्वस्तिक चिन्ह नलगाई आफ्नो अधिकार प्राप्तिका लागि बाहिर बैलेटमा चिन्ह लगाउन आग्रह गरेका छन् ।

नेपाल सरकारबाट मधेश राज्यमा भएको दमनको बारेमा नेपाल सरकारलाई शान्तिपूर्ण रुपमा विरोध जनाउने उदेश्यले यस्तो कार्य गर्न सबै मधेशीहरुलाई बुझाउने अभियानमा आफुहरु रहेको बताउदैं बर्तमान अवस्थामा विना कारण नेपाल सरकारले आफुलाई तनाव दिन खोजेको आरोप समेत लगाएका छन् ।

सर्वोच्च अदालतले आफुहरुलाई स्वतन्त्र रुपमा बोल्ने अधिकार दिएको बताउदैं तर पनि नेपाल सरकारले आफुहरुलाई विभिन्न बहानामा बोल्न समेतमा रोक लगाएको प्रतिक्रिया दिइएका छन् । विगत ५ वर्ष देखि डा.सिके राउत नेपाली भुभागबाट मधेशी भुभाग छुटयाउने विषयलाई लिएर स्वतन्त्र तथा शान्ति पुर्णरुपमा सर्घषमा रहदैं आएका छन् । स्मरण रहोस नेपाल हिमाल, पहाड र तराई मधेशले भरिएको भुभाग भएको एक स्वतन्त्र देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *