मत गणनाको प्रारम्भिक नतिजा आउन सुरु, धेरै स्थानमा बाम गठबन्धन अगाडि

काठमाडौ २१ मंसिर – मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भएका थिए ।

प्रारम,भिक् नतिजा अनुसार रुकुम (पूर्व) प्रतिनिधि सभा उम्मेदवार कमला रोका (माओवादी केन्द्र)-५०३ र हरिशंकर घर्तीमगर (कांग्रेस)-२६५ मत गणना भएको छ ।

यसैगरी सिन्धुपाल्चाेकमा कांग्रेसका मोहनबहादुर बस्नेत ३३५ माओवादीका अग्निप्रसाद सापकोटाले ७३५ प्राप्त गरेका छन् । बझाङको प्रारम्भिक मत गणना अनुसार एमाले १०८२ र कांग्रेस २६२ मत गणना गरिएको छ ।

उता डोल्पामा भने मतगणनाका विषयमा निर्णय गर्न बोलाइएको सर्वदलीय बैठक स्थगित भएको छ । साढे ५ बजे बोलाइएको सवा ६ बजे बसे पनि नेपाली कांग्रेसले समय मागेपछि स्थागित भएको हो ।

उता भोजपुर जिल्लाको मत गणना सदरमुकामस्थित जिल्ला अदालतको ३ वटा कोठामा मतगणना साँझ ५ बजे बाटै सुरु भएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *