मत गन्न बाँकी छदै ओखलढुंगामा विजयी जुलुस सुरु

पुर्ण प्रसाद न्यौपाने/ ओखलढुंगा,२२ मंसिर – ओखलढुंगामा वाम गठबन्धनले विजय जुलुस सुरु भएको छ । गन्न बाँकी रहेका मतभन्दा धेरै मतान्तर भएपछी विजयी जुलुस सुरु गरिएको हो । प्रदेशसभा (क) तर्फका वामगठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङले जित्ने निश्चित भएसँगै गठबन्धनका समर्थकहरुले जुलुस सुरु गरेका हुन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले नेता गुरुङले १५५०५ पाउँदा नेपाली कांग्रेसका मित्रसेन दाहालले ९१०२ मत पाएका छन् ।

सिद्धिचरण नगरपालिका सहित चिशंखुगढी र मोलुङ गाउँपालिकाको मतगणना सकिएपछि अहिले खिजीदेम्बा गाउँपालिकाको मत गणना भईरहेको छ । खिजीदेम्बाको मतगणना सकिएपछि प्रदेशसभा (क) को मतगणना सकिने छ । प्रतिनिधि सभामा पनि कांग्रेसका रामहरि खतिवडा भन्दा एमालेका यज्ञराज सुनुवार अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *