मदन राई र उनको टिमको शैली

madan raiके हो शैली ?
मान्छेले प्रत्येक छिन अरु मान्छेसंग कुराले, लेखनले, कामले र शरीरको हाउभाउले व्यवहारगर्ने तौर तरिका वा ढंगलाई हामी शैली भन्छौँ। हामी कसरी सोच्छौं, कसरी बोल्छौं, कसरी हेर्छौं, कसरी सुन्छौं, कसरी लैख्छौं, कसरी काम गर्छौं भनेर हाम्रो हरेक कर्मलाइ हरपल नियाली राखेका हुन्छन् ।

किन र कस्तो हो त नयाँ शैली ?

मानिस उत्पति र जन्मैले लोभी र स्वार्थी हुन्छ । यहि कारण ऊ रुचि अनुसारको मिठो बोली, राम्रो हेराई, गराई, सबैले राम्रो भनोस, अरुभन्दा धेरै र ठूलो होस भन्ने चाहना गर्छ । हामी सबैलाई यस्तै मन पर्छ । त्यसैले हामीले हाम्रो हरेक अंगले सबैसंग गर्ने व्यवहार शैली नयाँ र राम्रो हुन आवश्यक छ । अंगमा दिमाग, आँखा, कान, नाक, मुख, हात, जीउले गरिने ब्यवहारले सम्बन्धलाइ राम्रो नराम्रो निर्धारण गर्दछ ।

दिमागले सोच्ने शैलीः
हाम्रो सबैभन्दा माथिल्लो स्थानमा रहेर सोच्ने, बुझ्ने अरुअंगलाई अह्राउने दिमागले यस्तो यस्तो सोच्नु र बुझ्नु पर्छ भन्ने कुराको केही उदाहरणहरुः

राजनीतिलाई सोच्ने र बुझ्ने शैली
-राजनीति भनेको मान्छे परिचालन गर्ने यन्त्र, संयन्त्र वा माध्यम हो। मान्छे गतिशील, स्वार्थी, लोभी, मुडी हुनेरहेछन् । मुड ठिक नभै मानिस परिचालन गर्न असम्भव रहेछ । सबैको मुड एकै चोटी ठिक हुन्न रहेछ।
-राजनीति गर्नेलाई अनन्त सहनशीलता, ज्ञान, बुद्धि, सीप, सृजनशीलताको खाँचो पर्ने रहेछ । सहन सके सय पाइदो रहेछ । सहन नसके शून्य पनि हुन सक्दो रहेछ ।

-राजनीति नै आधुनिक समाज परिचालन र समृद्धिको मूल साँचो र बाटो रहेछ । राजनीतिबिना समाजको समृद्धि, सुख, शान्ति र खुशी सम्भब हुन नसक्ने रहेछ । नभएकोलाई हुने, बिगे्रकोलाई सपार्ने, नराम्रोलाई राम्रो, र राम्रो अझ राम्रो बनाउने रहेछ राजनीति।
-लोकतन्त्रमा देखाएर (पारदर्शी) प्रतिस्पर्धा गर्दै जनताको सवै काम गरिन्छ । संसारभर लोकतान्त्रिक प्रणाली सफल देखिन्छ। नेपालमा २०७२ असोज ३ बाट पूर्ण लोकतान्त्रिक प्रणाली संविधान मार्फत स्थापित भएकोले हाम्रो राजनीतिक शैली फेरिनु पर्छ।
-देशको लागि गरे सबैलाई हुन्छ, आफूमात्र गरे एकलाई मात्र हुन्छ। त्यसैले सबैलाई हुने गरी देशको लागि गर्नु पर्ने रहेछ।
-सुचना, ज्ञान र सिप हासिल गर्नलाई मिहनेत गर्नुपर्छ यसैले मा मानव संसार परिंचालन गर्ने सकिन्छ।
-सबैथोक गतिशिल छ, यसैसँग नयाँ आवश्यकता थपिँदोछ। नयाँ सोच, नेतृत्व, राजनीतिक व्यवहार र शैली फेर्न सक्नु पर्छ। राजनीति गर्नेले जोखिम उठाउँछ र सबैलाइ सुख दिलाउन दुःख गर्छ ।
-लोकतन्त्रमा जनता मालिक र सरकार सेवक हुन्छ । हिजोको ठालु शासकझै यो व्यवहार अहिलेका नेताहरुले त्याग्न सकेनन्, हामी नयाँ नेतृत्वले त्याग्नै पर्छ। जनताको सेवागर्ने सेवक बन्नु पर्छ।
-चन्दा उठाएर राजनीति गर्न हुन्न। मागेर होइन, आफ्नै श्रोतले सेवा गर्नुपर्छ । राजनीति निश्चित समय र उमेरसम्म गर्नुपर्छ। नयाँ नेतृत्व फेरिनु पर्छ।
-अबको क्रान्ति बलिदानी सत्ता र शक्तिको होइन, योगदानी आर्थिक समृद्धिको हो। समृद्धिको राजनीतिमा ज्ञान, सीप, प्रविधि र मिहनेतको आवश्यकता पर्दछ ।
-राजनीतिमा उमेर र वर्ष होइन विचार, सीप र कर्म ठुलो हुने रहेछ । जुन निश्चित समयसम्म रहन्छ।
आँखा र शरीरको हाउभाउले हेर्ने शैली

हामी भेटगर्दा सबैभन्दा पहिला हाम्रो आँखाले भेट गर्छ । आँखामा सम्मान, आक्रोस, घृणा, प्रेम, आत्माविश्वास, डरत्रास, शंकाको आदि सबैको मुद्रा हुन्छ। हामीले सबैलाइ सम्मानको आँखाले हेर्नु पर्दछ । अरुको अपमान गर्नु नै आफ्नो अपमानको बाटो खोल्नु हो। सबैलाई सम्मान र आत्मविश्वासले हेर्न सक्यौं भने त्यै बिन्दुबाट सकारात्मक संवादको थालनी हुने रहेछ । अरुसंग भेटदा हाम्रो आँखामा न्यानोपन र आत्मविश्वास देखिनु पर्दो रहेछ । नेतृत्व र समाजसेवीको सबैभन्दा ठूलो गूण नै आत्माबिश्वास रहेछ । अनुहारमा आत्मविश्वासको उज्यालोपन, चम्किलोपन, जिउँदोपन देखिनु पर्ने रहेछ ।

कानले सुन्ने शैली

हामी दुःख, सुखका कुरा सुनाउन चाहान्छौँ । दुःख परेको छ भने समाधान र सहयोगको अपेक्षा राख्छौँ । हामी समाजको सेवा गर्नेलै हामीसंग सरोकार राख्ने सबैको कुरा भावना सुन्न, बुझ्न र सकेसम्म सोही अनुसार काम गर्न सक्नु पर्छ । अनि विश्वास र साथ पाइन्छ । तर श्रोत र समयको अभावले सबै इच्छा पुरा गर्न सम्भव हुँदैन । समयलै पुग्दैन सबैकुरा सुन्नलाइ । सुनाउनेलाई विनम्र भएर आफ्नो यस्तता र बाध्यता दर्शाउन सक्नु पर्छ । ध्यान दिएर सुन्नु पर्छ। सकारात्मक रुपमा सुन्ने बानी बसाल्नु पर्दछ ।

गिल्ला र डाहाबारे आँखा र कानले देख्ने सुन्ने शैली
हामी कुनै बहाना, कारण, परिवेशमा गिल्ला र डाहा गरीरहन्छौँ । मन नपराउनेले मात्र होइन, नजिकको आफ्नैले पनि डाहा र गिल्ला गरीरहन्छन यो मानिसको जन्मगूण नै हो । असल मनसाय भएका हामीले अरुको डाहा गर्नु पनि हुन्न र गिल्ला गर्ने कामै पनि छैन । यो समयको बर्बादी हो । अरुलाइ सकारात्मक सूझाव दिन सकिन्छ। मित्रवत ठट्टा गर्न सकिन्छ तर अरुको मनोभावमा चोट पु¥याउनु हुँदैन ।

नाकले सुँघने शैली

मानिसहरुसंगको ब्यवहारमा नाकको भूमिका त्यतिठूलो नभए पनि गन्ध, सुगन्ध वा दुर्गन्धकौ बारेमा अरुसंग बस्दा अरुले मन नपराउनेगरी कृया प्रतिकृया जनाउनु हुँदेन । त्यस्तै नाक कोट्याउने बानी राम्रो होइन ।
मुखले बोल्ने, खाने, पिउने शैली

बोल्ने शैली
स्वभाव नै राम्रो भनेको र गरेको, गरिदिएको हामी चाहान्छौँ। प्रशंसा सुन्न र अरुले राम्रो गरीदिएको हामीलाई मन पर्छ । आकर्षक बोलीमा नम्रता, प्रष्ठता, तिख्खरता, छर्लङ्गता, झर्रौ, रहरलाग्दो भरलाग्दो हुन अनिवार्य छ । तपाईभन्दा हजुर, जी भन्दा ज्यूले सम्बोधन गर्नु प्रभावकारी हुन्छ । दाजु, दिदी, बा, आमा, भाई बैनीको साइनोले बोलाउन सके सम्बन्ध अझ प्रभावकारी हुन्छ । नबुझिने, तर्रो, उराठलाग्दो, निराश र अभरलाग्दो बोली भयो भने साथीहरु टाढिन थाल्छन। बोलीको अभ्यास जरुरी छ । भाषण पनि बोली नै हो । श्रोताको संख्या, स्तर, स्थान, हल वा खुला मैदान के हो ध्यान दिएर प्रस्तुत गर्नु सक्नु पर्छ । आवाज, लवज, विषय बस्तु प्रष्ट र चित्त बुझ्दो भयोभने सबैलाइ खुशी बनाउन सकिन्छ। कसैले प्रतिकार गर्न सक्दैन । बोल्दा प्रयोग हुने साउन्ड सिस्टमलाई मिलाउन नसक्दा राम्रो बोलेको कुरा पनि खल्लो, बिरसिलो सुनिदो रहेछ । माइकमा बोल्दा मुख र माइकको दुरीलाई ध्यान दिनु पर्दछ । प्रस्तुतिमा बिषयको ज्ञान र आत्मविश्वास धेरै ठूलो प्रभाव पार्छ ।

खाने पिउने शैली
संसारको विभिन्न स्थानमा बिभिन्न तरिकाले खाने पिउने शैली भए पनि बिशेषगरी तिन तरिकाले खाने गरेको पाइन्छ । दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकाका मानिसहरु हातले, यूरोप अमेरिकाका मानिसहरु चम्चा, काँटा र छुरी प्रयोग गरेर, त्यस्तै चीन, जापान र पूर्वी एशियाका मानिसहरु चप स्टीक (सिन्का)ले खाने गर्दछन् । हामीले सबै तरिका सिक्न सक्छौं । जाने यी समाजमा घुलमिल हुन र मित्रता बढाउन सजिलो हुन्छ।
हाम्रो जीवनमा पिउने कुरा अति महत्वपूर्ण हुन्छ । पानी, जुस, चिया, कफी, गुलियो, अमिलो, नुनिलो, अल्कोहल रहित र अल्कोहल सहितको पेय पदार्थ हामी प्रत्येक छिन जस्तै पिउँछौं । स्वास्थ्य जीवनको लागि पिउन अनिवार्य छ । सबैभन्दा राम्रो पिउने कुरा हो शुद्ध सफा पानी । जुस पनि राम्रो हो । अरु पेय पदार्थहरु बुझेर मात्र पिउनु राम्रो हुन्छ । तनाव हटाउन अल्कोहल जन्य पदार्य पिउने होइन ओछ्यानमा आराम चाहिन्छ।

हातको शैली/हातले लेख्ने शैली
आधुनिक समाज र सञ्चारको अत्याधिक विकास भएको समयमा पत्रपत्रिका, पुस्तक, इन्टरनेट सामाजिक संजालमा आफ्नो कुरा राम्रोसंग राख्न सके एउटै लेखले लाखौंलाइ प्रभाव पार्न सक्छ । बोल्न र लेख्नमा खासै भिन्नता छैन । तर नेपाली समाजमा जे बोल्यो त्यो लेख्न नसक्ने, जे लेख्यो त्यो बोल्न नसक्ने छौं हामी। अभ्यास गरीरहनु पर्छ, दुवै लेख्न र बोल्न सकिन्छ । शब्दको जादुलाई प्रयोग गर्न सके धेरैको मन जित्न सकिन्छ ।

हातले आदरसाथ अभिवादन गर्ने शैली
अरुसंग सम्बन्ध राम्रो गर्न हातको भूमिका हुने रहेछ । मानिसले सम्मान, प्रसंशा खोज्छ । नेपाली समाजमा दुईहात जोडेर नम्रतासाथ नमस्कार गरिने अभिवादन सबैभन्दा सम्मानजनक चलनचल्तीको शैली हो । यो अभिवादन राम्रो हो । नमस्ते भन्ने, एक हात उठाउने तरिका आफ्नो नजिकको साथीसंगीहरुलाई गर्न सकिन्छ । सबैसँग झुकेर अभिबादन गर्न सके धेरै राम्रो हो ।
आत्मियता दर्शाउन हात मिलाउनु पर्ने रहेछ । समय अभावले हात मिलाउन नसके नम्रतासाथ, हसिँलो आत्मीय अनुहारले हात हल्लाउन सकिन्छ । हात मिलाउँदा पनि मनछुने, न्यानो हुनेगरी मिलाउन सके राम्रो हुन्छ । अभिवादन गर्दा आँखा, अनुहार र शरीरमा चमक र आत्मविश्वास प्रष्ट देखिनु पर्छ ।

हातले उत्पादन गर्ने शैली/उदाहरण भन्ने कि उदाहरण बन्ने ?
काम गर्नेहरुको युग सुरुवात भएको छ । समाजले कामलाई मात्र पत्याउन थालेको छ। सबैलाई प्रभाव पार्न र विश्वास दिलाउन आफुले गरीरहेको काम देखाइयो भने मात्र सम्भव छ । हामीले गरेको कामको आधारमा हामी सबैको सामु मान्ने हुने दिन सुरु भईसकेको छ। गरेको काम हेर्न थालेको छ, समाजले । सुनाएर र भनेर मात्र पत्याउन छाडेका छन सबैले। पुराना पार्टी, नेताहरुबाट बोलेर र लेखेर पहिले नै ढाटिइ सकेका छन आमनेपालीहरु। अब, आफू गरीखान र अरुलाई सेवा गर्नेहरु सक्ने राजनीतिमा आउनु पर्छ । गरीखाने भन्नु काम गर्न जान्नेहरु हो जो काम गर्न लाज मादँैन। हातको सिप प्रयोग गरेर जिविका गर्छन । सार्वजनिक पदमा पुगेर सेवा गर्न पाउँदा साझा ढुकुटीको लालसा गर्दैन। आत्मनिर्भर हुन काम, व्यवसाय गर्नुको विकल्प छैन। सरकारको जागिर थोरै संख्यामा हुन्छ। पसिना बगाउँदै काम गर्न अप्ठ्यारो हुन्छ नै तर असम्भव भने हँुदैन । समृद्ध नेपाल बनाउन लागि परेका हामीले उदाहरण आफै बन्नु पछ्र्र । आफू बाच्नलाई आत्मनिर्भर हुन व्यवसाय गर्दै देशको सेवा गर्न लागि पर्नु पर्छ ।

खुट्टाले हिड्ने र यातायात प्रयोग शैली
हातले काम गर्ने र खुट्टाले गति लिने हो। अझ गतिको लागि मोटर गाडिको प्रयोग गर्ने हो। नेपालको सबै ठाउँमा सडक बनीसकेको छैन। सवारी साधन चल्ने सडकमा पनि खुट्टाले नहिडीकन हुँदैन। सवारी गुड्ने ठाँउमा मोटर चलाउन जान्नु प¥यो। चलाउन नजाने पनि चढ्न जान्नु र सक्नु प¥यो। जहाज चल्ने ठाँउमा प्रयोग गर्न जान्नु र सक्नु प¥यो । पैदल हिड्न पर्न सक्छ, हाम्रो खुट्टा बलियो बनाई राख्नु प¥यो । सबै उपायलाई चुस्त राख्नु पर्छ।
लाउने शैली
लुगा मानिसको अभिन्न वस्तु भएको छ । लवाइ शैलीको पनि चियो चर्चो धेरै हुन्छ । लुगा सफा, सुहाउने, मिल्ने, सजिलो र साधारण लाउन प्रभावकारी हुन्छ ।

समय र समय पालन शैली
समय नै सबैभन्दा ठूलो सम्पति हो । समय नपर्खि बगिरहन्छ। जति समय बुझेर सदुपयोग गर्न सकिन्छ उति नै उन्नति र समृद्धि प्राप्त गर्न सकिन्छ । हामी नेपालीहरुको सुधार्नु पर्ने पक्ष भनेकै समय पालनामा महत्व नदिने हो । महत्वपूर्ण पहिलो शैली भनेको समय पालना हो । समयमा काम थाल्ने, सक्ने, अरुको समय नलिने, समय खेर नफाल्ने। भेटघाटको अग्रिम निम्तो दिने। समय पालनमा उदाहरण बनी नमुना देखाउनु पर्छ । ढिलाई गर्ने र गराउनेहरुलाई नम्र बोलीसँग छाडेर आफ्नो काममा लाग्नु पर्छ।

औपचारिकता र अनौपचारिकता शैली
आधुनिक, लोकतान्त्रिक समाज बढि अनौपचारिक हुँदै जाँदैछ । सरल र चुस्त जीवन शैली, मैत्रीपूर्ण व्यवहारले फरक पार्दो रहेछ। मन्चमा बसी माला, खादा, ब्याज लगाउने बिगतका ठूलो सानो छुट्याउने सामन्ती संस्कार हून् । यी बदलेर नयाँपन दिनुपर्छ ।

ज्ञान र अध्ययन
सूचना नै शक्ति र ज्ञानको आधार हो । मानव संसार संचालन गर्ने र गर्न चाहनेले हरेक कुराको जानकारी राख्नु पर्छ । राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, समसायिक विषयहरु जान्ने पर्छ। नियमित अध्ययन गर्ने बानी बसाल्न पर्छ ।

सकारात्मक शैली
मान्छेहरुको मन बदलिरहन्छ र स्वभावैले नकारात्मक हुन्छ। अन्छी र जागँर आउने जाने भइरहन्छ। अरुलाई कृयाशील, गतिशील, सृजनात्मक बनाउने कुरा हाम्रो सोच, कृयाकलाप र शैलीमा भर पर्छ। आफूमा जाँगर छ, प्रयत्नशील र सहनशील भएर नमुना बन्नु पर्छ।

लाज र डर पच्ने शैली
नयाँ ठाँउ, नयाँ मानिसहरुसँग सहजसँग कुरा गर्न सक्नु पर्छ। गल्ती गर्नु हुन्न, निष्पक्ष व्यवहार गर्नु पर्छ लाज र डर मान्नु पर्ने कुनै कारण हुँदैन। सहज गरी आफ्नो कुरा राख्न सक्दा सबै परिवेश रमाइलो, जीवन्त हुन्छ। यो खुवी सिक्नु पर्छ। यसले परिचालन काम गर्न सफल बनाउँछ।

संचार शैली
संचारका विभिन्न साधनहरु र प्रविधिले ( फोन, पत्रपत्रिका, टिभी, कmक, इमेल, इन्टरनेट) संचार गर्नमा सरज, सहज बनाईदिएकाृेछ। यसको सदुपयोग गर्न जान्नु पर्छ ।

फोनमा कुरा गर्ने, सरोकार राख्ने र सप्पर्क शैली
नेपालमा हाल, १०० जनामा १०५ वटा मोबाइल सेट रहेको छ। यो क्रम बढ्दोछ। एकएकमा कुरा गर्न सजिलो भएको छ। टोल, बस्ती र हरेक समाजको सम्पर्क नम्बर संकलन गर्नु पर्छ र आफ्नो पनि उपलब्ध गराउनु पर्छ। सम्पर्कमा रहीरहन सिक्नु र सक्नु पर्छ। कसैले फोन गर्दा उत्तर दिन नसके सहयोगीबाट उत्तर दिनु बानी गर्नु पर्छ। सम्पर्कमा रही सुचना सम्प्रेशन गरीरहँदा आत्मीयता बढिरहन्छ।

पैसाको व्यवहार शैली
नेपाली समाजमा पैसा धेरै समस्याको कारण हो । सापटी लिने नतिर्ने । खर्च धैरै गर्ने आम्दानी नगर्नै । धनले घमन्ड र फाँइफुट्टि गर्ने। यसबाट बच्नु सक्नु पर्छ ।

विविध शैलीः
-मानिसको केन्द्र मानिस नै हो। मानिसको लागि मानिसले गर्नु पर्ने रहेछ। मोटर, मोबाइल आदी आफैले नगर्दो रहेछ।
-राम्रो काम सजिलो हुँदैन। अप्ठ्यारो र जोखिमपूर्ण हुन्छ। नतिजासँग डराउनु हँदैन।
-शिक्षा स्कूल, कलेजमा पढ्ने मात्र होइन। लेखपढ, ज्ञान, बुद्धि, विवेक, सिप रहेछ। यी हुनु नै शिक्षित हुनु हो।
-असल कामले असल नतिजा दिन्छ। यो सबैतिर फैलन्छ।
-विज्ञानको ज्ञान, प्रविधि र गतिशील लोकतान्त्रिक राजनीति नै समृद्धिको मूलबाटो रहेछ।
-हामी एउटैको सन्तान हौँ । घाम, पानी, खाना, भूगोलको कारण फरक फरक भएका हौँ ।
-इमान्दारी र आज्ञाकारी, चाकरी र सम्मान :- चाकरी विष हो। असल काम गर्नेलाई सम्मान गर्नु पर्छ।
-इच्छा, आवश्यकता र अपरिहार्यताको भिन्नतालाई बुझ्नु पर्छ ।
-समस्या र समाधान मान्छे नै हो। व्यवहार गर्ने शैली राम्रो राम्रो हुनु पर्छ।
-आफैँले काम गर्दा धेरै सिकिन्छ, सिकाउँदा अझै धेरै सिकिन्छ। जानेको काम सिकाउनु पर्छ ।
बुझ्नै पर्ने
-हुन्छ र हुँदैन दुई पक्ष हो मानव जीवन । हुन्छ पक्ष हो राजनीतिक जीवन ।
-नेतृत्व भूतमा राम्रो गरेको, वर्तमानमा गरीरहेको र भविष्यलाई देखाउन सक्ने हुनु पर्छ।
-परिवर्तन र गतिशीलतालाई आत्मसाथ गर्ने सक्नुपर्छ । सक्दिन भनेको भए हामी बोक्राकै लुगा लगाउने अवस्थामा नै हुन्थ्यौँ । पैदल नै हिड्थ्यौँ । मोटर र जहाज हुन्न थियो। बुझौँ समृद्धि नयाँ र गतिशीलबाट मात्र सम्भव छ ।
-लोकतन्त्र देखाएर होडबाजी गर्ने प्रणाली हो । आफ्नो बुद्धि र मिहनेतले अग्लो वा अगाडी हुने हो । अरुको खुट्टा भाँचेर होइन ।
-चङ्गा, उर्जावान शरीरले सदैव आकर्षण गर्न सक्छ । स्वस्थ्य रहौं ।
-के मञ्च बिनै कार्यक्रम संचालन गर्न सक्दैनौं ? आसन नगराइ कार्यक्रम हुन सम्भव छैन र ? को हो लोकतन्त्रमा ठूलो मान्छे ? ब्याज, माला, खादा नलाई कामगर्न सकिन्न र ? कहिलेसम्म यस्तै हुने ? परिवर्तन हुनु छ। सम्भव छ । बुझौँ ।

मान्छे
मान्छे आलोचना गरीरहन्छ मान्छेको
मान्छे डाहा गरीरहन्छ मान्छेको
मान्छे कुरा काटिरहन्छ मान्छेको
मान्छे रिस गरीरहन्छ मान्छेको

चिन्ता नगर्नु रहेछ मान्छेको
जन्मै स्वार्थी रहेछ मान्छेको
यस्तै बानी हुने रहेछ सबै मान्छेको
नियतमात्र ठिक हुनु पर्दो रहेछ मान्छेको

नियत ठिक भए सबथोक ठिक हुँदो रहेछ मान्छेको

 

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES