मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन आयुक्त र एमाले नेताहरुको घरमा तोडफोड गरे

फागुन २५ काठमाडौ, सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र एमाले नेताहरुका घरमा तोडफोड गरेका छन् ।

फागुन २५ गते विहान मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन आयुक्त यादवको राजविराज ५ स्थित घरमा तोडफोड गर्नुका साथै उनको घरमा लगाइएको बोर्ड निकालेर जलाएका छन् । त्यसैगरी राजविराज ४ स्थित एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरमा ढुंगा प्रहार गरी झ्यालका सिसा फुटाइदिएका छन् भने राजविराज ९ स्थित एमाले नेता कमानन्द देवको घरमा पनि तोडफोड गरेका छन् ।

एमाले र केपी ओलीविरुद्ध नाराबाजी गर्दै हिंडेको मोर्चा कार्यकर्ताको समूहले राजविराज ५ स्थित एमाले जिल्ला कार्यालयमा रहेको झण्डा र बोर्ड निकालेर जलाएका छन् । उनीहरुले एमाले सांसद रञ्जु ठाकुरको राजविराज ९ स्थित घरमा पनि तोडफोड गरेका छन् ।

मोर्चाका कार्यकर्ताहरुले उत्तेजित भएर नारबाजी गर्दै एमाले नेताका घरहरुलाई निशाना बनाइरहँदा राजविराजको अवस्था तनावग्रस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *