मधेसी मोर्चाका एक नेता सहित ५ जनालाई प्रहरीले पक्राउ

फागुन २३ सप्तरी, सप्तरीको कन्चनरुप र रुपनीबाट मधेसी मोर्चाका एक नेता सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज सप्तरीमा हुने एमालेको कार्यक्रमको विरोध गर्दै आएका मोर्चाका नेता कार्यकर्तालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधेसी मोर्चाका नेता दिनेश यादव समेत रहेका छन् ।

यसैवीच मोर्चाका कार्यकर्ताले आज बिहानैबाट सप्तरीका मुख्य बजारमा प्रर्दशन गरेका छन् । उनीहरुले एमालेको कार्यक्रमलाई लक्षित गर्दै आज बिहान सप्तरी सदरमुकाम राजविराज लगायत, हनुमाननगर, भारदह, र कन्चनरुपमा लगायततका सहरमा सडक अवरुद्ध पार्नुका साथै केही सवारी साधन समेत तोडफोड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *