मधेसी मोर्चाले आज प्रधानमन्त्रीलाई भेटेर संविधान संसोधन प्रस्ताव फिर्ता नगर्न दबाब दिने

पौष २१ काठमाडौ, पछिल्लो राजनीतिक परिस्थितिबारे मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग, प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे भेटवार्ता गर्ने भएका छन् ।

मोर्चाको बुधबार बसेको बैठकले सीमांकनको प्रस्ताव फिर्ता लिन नहुने र यसलाई संसदबाट पारित गरिनुपर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई यही विषयमा दबाव दिनका लागि बालुवाटार जान लागिएको मोर्चाका नेताको भनाइ छ ।

दिउँसो ३ बजे प्रधानमन्त्रीलाई भेटेर, सीमांकन हेरफेर गर्ने एमालेको प्रस्ताव हामीलाई मान्य नहुने, संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिनु नहुने बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गर्ने भएका हुन् । मधेसी मोर्चाले संविधानको धारा २७४ नै खारेज गरेर भए पनि संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने मोर्चाको अडान रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *