मधेसी मोर्चाले आहृवान गरेको बन्दका कारण तराई मधेसको जनजीवन प्रभावित

फागुन ११ काठमाडौ,स्थानिय तहको निर्वाचन घोषणाको विरोध गर्दै मधेसी मोर्चाले आहृवान गरेको बन्दका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । बन्दका कारण विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका ठूला सवारी साधनहरु चलेका छैनन् भने उद्योग कलकारखाना पनि ठप्प छन् ।

बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु नाकामा अलपत्र परेका छन् । बन्दकर्ताहरु भैरहवाको बुद्धचोकमा जम्मा रहेको कारण ठूला सवारी साधन चल्न सकेका छैनन् । तर मोटरसाइकल चलाउन छुट दिएका छन् ।

सप्तरीमा पनि बन्दको प्रभाव देखिएको छ । पूर्व-पश्चिम राजमार्गमा समेत गाडी चलेका छैनन् । मोटरसाइकल भने चलेका छन् । राजविराजमा मधेसी मोर्चा आवद्ध दलका कार्यकर्ताको उपस्थिति देखिएको छ तर, सडकमा भने खासै बन्दकर्ता छैनन् । एम्बुलेन्स, विवाहका गाडी साथै दूध बोक्ने गाडी भने चल्न दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *