मनहरा जग्गा प्लानिङ्गमा ट्याक्सी भित्र एक जनाको हत्या भएको अवस्थामा शव फेला

भक्तपुर २२ कात्तिक – मध्यपुरथिमि नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र आज एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीमा अन्दाजी ४० वर्षका पुरुषको शव ट्याक्सीको पछाडि सिटमा राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त, थिमिजनाएको छ ।

प्लानिङको बीच एकान्तमा ढुंगा तथा इँटाले टाउको र मुखमा हानेर मुख चिन्नै नसक्ने अवस्थामा हत्या भएको मृतकको पहिचान हुन सकेको छैन । प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान शुरु गरेको छ । भक्तपुर प्रहरी, अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसहितले अनुसन्धान शुरु गरी घटनामा संलग्नको खोजी एवं मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *