मनिता राई र राजेश पुमा राईको “सानी तिम्रो गाउँघर” बोलको गीत सार्वजनिक (गीत सहित)

काठमाडौ – “सिरुपाते खुकुरीको” बोलको गीत गाएर चर्चामा आएकी गायिका मनिता राईले फेरि अर्को गीत गीत सार्वजनिक गरेकी छन् । गायिका मनिता राई र राजेश पुमा राईको स्वरमा रहेको “सानी तिम्रो गाउँघर” बोलको नेपाली आधुनिक गीत सार्वजनिक भएको हो ।

कोरियामा रहेर व्यास्ताताको वावजुद पनि सक्रिय रुपमा कलम चलाउने गीतकार सुनिल दिप्त राईको शब्द रचनालाई बशन्त सापकोटाले संगीत गरेका छन् । साहस शाक्यले एरेन्ज गरेको यो गीतलाई चन्द्र चौधरीले रेकर्ड र मिक्सिंग गरेका हुन् ।

“नजर के जुधेको थियो” बोलको गजल गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका मनिता राई पछिल्लो समयमा आफ्नो गायकीलाई निखार्दै लगेपछि व्यास्त पनि बन्दै गएकी छन् । गायिका मनिता राई फेब्रुवरी १५ अर्थात कोरियाको महान चाड सल्नालको बिशेष अवसरमा एभरेष्ट म्युजिकल लाइभ कन्सर्टको लागि कोरिया जादैछिन् भने आफ्नो एकल गीति एल्बमको तयारी पनि गर्दैछिन् ।

अहिले “सानी तिम्रो गाउँघर” बोलको लिप सिङ्ग भिडियो बजारमा ल्याएकी गायिका मनिता राईले यो गीतको म्युजिक भिडियो पनि ल्याउने बताएकी छन् । अहिले सार्वजनिक भएको लिप सिङ्ग भिडियोमा छायांकन, सम्पादन बिष्णु खड्का आर्यनले गरेका छन् ।

“सानी तिम्रो गाउँघर” बोलको गीत यहाँ सुन्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *