मन्त्री छनौटमा नारायण काजीको विमती

काठमाडौं २५ जेठ- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको मन्त्री छनोटमा सामाजिक सञ्जालमार्फत असन्तुष्टी जनाएका छन् । पार्टीका विभिन्न निर्णयहरुमा असन्तुष्टि सार्वजनिक गर्दै आएका प्रकाशले सोहि श्रृङ्खलालाई दोहोर्याउँदै आफ्नो विमती बाहिर ल्याएका हुन् ।

उनले पार्टीले राजनीतिलाई सत्ताको फोहारी खेल बनाएको आरोप लगाउँदै बलिदान र परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिलाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिबर्तनको के अर्थ ?अनि हामी राजनीतिमा रहिरहनु को पनि के अर्थ रहन्छ र ? बदलौ। माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दशन शर्मा र प्रभू शाहलाई पठाएको थियो ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES