ममता राईको ‘शिरैफूल’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

mamata rai 1पौष १२ काठमाडौ, ममता नामक एल्बम बजारमा ल्याएर नेपाली सांगीतिक दुनियाँमा उदाएकी गायिका ममता राईले आफ्नो पछिल्लो एल्बम ‘हाङ्मा’ मा समावेश ‘शिरैफूल’ बोलको गीत मार्फत बजारमा आएकी छीन् । ‘शिरैफूल’ बोलको गीतको भिडियो पनी सार्वजनिक भएको छ । यस गीतको भिडियोमा चर्चित मोडल पार्वती राईलगायत अन्यले अभिनय गरेका छन् । उक्त गीतको छायांकन फोटो पत्रकार नविनबाबु गुरुङले गरेका छन् ।
शिव संगम राईको शब्द तथा संगीत रहेको ‘शिरैफूल’ गीत राष्ट्रभाव संस्कृति र प्रेम भाव मिसिएको गीत हो । यो गीतमा गोपाल रसाइलीको एरेञ्ज रहेको छ । यसबारेमा गायिका ममताले सूचना खबरलाई भनिन्, ‘हाङ्मा एल्बममा सबै प्रकारका गीत समावेश गर्ने प्रयत्न गरेकी छु ।
यस गीतबाट आफू धेरै आशावादी रहेको बताइन् । ममताले भनिन्, ‘यो गीत श्रोता तथा दर्शकले रुचाउँछन् भन्ने मलाई लागेको छ ।’ ‘हाङ्मा’ को अर्थ किरात भाषामा रानी हो । जुन एल्बमलाई चाँडै रिलिज गर्ने ममताले बताइन् ।

शिरैफूल गीतको म्यूजिक भिडियो 

One thought on “ममता राईको ‘शिरैफूल’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *