मलेशियाको लिनाको कम्पनीमा नेपाली कामदारहरु माथि ज्याद्दती (अंग भंग भएका हातखुट्टाको फोटो सहित)

काठमाडौ- लाखौ नेपालीहरु रोजगारको निम्ति मलेशियामा रहेता पनि नेपालीहरुको निम्ति मलेशिया शुरक्षित स्थान मान्न छाडिएको छ । मलेशियामा चोरी डकैति लाग्ने समस्या देखि सम्बन्धित कम्पनीले नै नेपाली कामदारहरुलाई विभिन्न बहानामा यातनाहरु दिने गरेका छन् । एकातिर रिङ्गेटको भाउ ओरालो लाग्नु र अर्को तिर मलेशियन सरकारले जीएसटी लागू गर्नुले कामदारहरु मर्कामा परिरहेका छन् । कामदारको मुख्य कमाई भनेकै ओभर टाइम, कतिपय कम्पनिहरुले ओभर टाइम नदिदा मलेशिया जाने कामदारहरुको निम्ति आफ्नो कमाईले महिना भरि खाना खानु पनि नपुग्ने स्थिति हुन्छ । अर्को तिर नेपालीहरु बाट नेपाली नै ठगिनु पनि त्यहाँको एक समस्या हो ।

मलेशियाको बातु पहातस्थित काङ्ग्पोङ्ग केलिचापमा रहेको लिनाको म्यानु फ्याकचारिंगमा कार्यरत नेपालीहरु यस्तै समस्या भोगी रहेका छन् । विशेष गरेर नरिवालको जुस, दुध, तेल जस्ता खाद्य पदार्थ उत्पादन गर्ने यो कम्पनीमा करिब ५,६ सयको हाराहारीमा नेपाली कामदारहरु रहेका छन् । त्यहाँ रहेका नेपालीहरुले नरिवलको जुस उत्पादन गर्ने, नारिवाल फुटाउने, नरिवालको बोक्रा ताछ्ने, नरिवलको दुध उत्पादन गर्ने, अनि प्याकिङ्गको काम गर्ने गर्छन् ।

नरिवाल फुटाउने र र ताछ्ने काम सबै भन्दा खतरनाक काम हो । नरिवाल फुटाउने काम गर्दा हरेक दिन नेपालीहरुको हात काटिने गरेको छ । यसरी हात काटिदा कम्पनीले कुनै क्षतिपूर्ति नदिने त्याँहा कार्यरत नेपालीहरुले बताएका छन् ।

लिनाको कम्पनीमा कार्यरत नेपालीको काम गर्दा काटिएका हात

linaco manufacturing (m) sdn bhd

अर्को, त्यहाँ होस्टेल व्यवस्थित नहुदा केहि नेपालीहरु सुतेको सुतेकै अवस्थामा मृत्यु भएको त्यहाँ काम गरेर नेपाल फर्किएका नेपालीहरु बताउछन् । उक्त कम्पनीमा काम गर्न पुगेका नेपालीहरुलाई त्यहिको स्थानिय स्टाफ एच आर मेनेजर र केहि नेपालीहरु राम प्रसाद यादव, चुलहाई ठाकुर र यादव राज खनालहरु मिलेर नेपालीहरुको स-साना गल्ति कमजोरीहरुलाई कम्पनी अफिसमा सुनाएर , नेपालीहरुलाई नै मानसिक यातना दिने गरेको त्यहाँ कार्यरत नेपालीहरु बताउछन् ।

linaco malaysia

कम्पनीले कामदारहरुको स-साना गल्तीमा पनि पुलिस बोलाएर, पक्राउ गराउने र जेल हाल्ने गरेको छ । कम्पनीले नै समस्या समाधान गर्न सक्ने खालका समस्यामा पनि, लिनाको कम्पनीमा कार्यरत धेरै जनालाई जेल हाली सकिएको छ । जेल हालेपछि त्यहाँ बाट जेल परेका नेपालीहरुलाई कम्पनीले कुनै चासो नराख्दा जेल परेका नेपालीहरुले नेपाल फर्किनुको लागि धेरै समस्या भोगेका छन् । कुनै नेपाली कामदार गम्भीर खालको बिरामी हुँदा वा अपरझठ घर फर्कन खाेज्दा एच आर मेनेजरले मलेसियन रिङ्गेट २००० देखि २५०० सय सम्म लिने गरेको स्रोतको दाबि छ । कामदार काम गर्दागर्दै मेसिनमा दुर्घटना भयाे भने उपचार गर्ने रकम अाफै खाेज भन्ने र कहिले काहीँ समयमै अस्पताल सम्म नपुर्‍याइ दिने पिडितहरुले बताएका छन् ।

पहिला अधिकांश नेपाली पहाडि मुलको नेपालीहरु कामदार भएपनि हिजोआज तराई मुलका नेपालीहरु त्यहाँ काम गर्न पुगेका छन् । उक्त कम्पनीमा काम गर्न नयाँ नेपाली पुगेपछि, ग्यास सिलिण्डर, ग्यास चुल्हा, पकाउने, पस्किने मालमाता जस्ता सामानहरु बंगाली व्यापारी संग मिलेर महँगो दाममा किनाउने र राम प्रसाद यादव, चुल्हाई र खनालहरु मिलेर कमिसन खाने स्रोतले बताएको छ ।

लिनाको कम्पनीमा काम गर्दा नरिवालको पानीले एलार्जी भएको हात

होस्टेलमा कपडा धोएर बाहिर सुकाउनु पाईन्दैन भन्दै, बाहिर सुकाएको कपडा यत्रतत्र फालिएको

नरिवाल फुटाउने काम गर्दा मेशिनले काटिएको हातको औला

linaco

त्यहाँ काम गरेर नेपाल फर्किएका नेपालीहरुले लेखेको फेसबुक स्टाटस

linaco manufacturing (m) sdn bhd-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *