मलेशियामा एक नेपालीको गाडिको ठक्कर बाट मृत्यु

फागुन ७ मलेशिया,तीन बर्ष अगाडि बैदेशिक रोजगारीको लागि मलेसिया पुगेका अम्बर बहादुर तामाङको निधन भएको छ । अम्बर बहादुर तामाङ काठमाडौंको शंखरापुर नगरपालिका,लप्सेफेदीका हुन् ।ambar tamang

मलेसियाको केलाङ भन्ने स्थानमा कामबाट होस्टल फर्किने क्रममा गाडिको ठक्करबाटल उनको निधन भएको बताइएको छ ।

मलेसियामै रहेका उनका भाई जितबहादुर तामाङले अम्बर बहादुरको शब काठमाडौं ल्याउने तयारी गरिरहेको बताईएको छ । तामाङको परिवारमा उनका बा-आमा, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *